Home समाचार मुख्य समाचार एमाले कार्यदल बैठक सहमति नजिक : भोली शनिबार विवाद टुङ्ग्याउने सहमति

एमाले कार्यदल बैठक सहमति नजिक : भोली शनिबार विवाद टुङ्ग्याउने सहमति

0
एमाले कार्यदल बैठक सहमति नजिक : भोली शनिबार विवाद टुङ्ग्याउने सहमति

असार २५, काठमाडौ । सिंहदरवारमा बसेको नेकपा एमाले कार्यदलको बैठक सकिएको छ। नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलमा एमालेलाई एकताबद्ध राख्ने सहमति जुटेको नेताहरुले दावी गरेका छन् । शुक्रबार झण्डै ८ घण्टा सिंहदरबारमा बसेको कार्यदलको बैठकले विवाद निम्त्याएका एजेण्डामा सहमति जुटाएको नेताहरुको भनाई छ । बैठकपछि कार्यदलका सदस्य एवम् एमाले प्रवक्ता प्रदीप ज्ञवालीले शनिबार भाषिक शुद्धता लगायतका विषयलाई पूर्णता दिएर टुङ्ग्याउने जानकारी दिए ।

‘केही भाषिक शुद्धता मिलाउनुपर्ने भएकाले भोलि फेरि बैठक बस्ने गरेर आठ घण्टा लामो बैठक सकिएको छ । एमालेको भविष्य के हुन्छ भनेर चिन्ता गरिरहेका कार्यकर्तालाई पार्टी एकता हुन्छ भन्ने कुरामा विश्वस्त हुन आग्रह गर्दछु’ ज्ञवालीले भने-‘आजको बैठकले एकताको आधार तय गरिसकेको छ । भोलिको बैठकले त्यसलाई अन्तिम रुप दिन्छ । विवादमा कसरी सहमति खोजियो भन्ने बारेमा पनि भोलि थाहा पाउनुहुनेछ ।’

पार्टीभित्र देखिएका विवाद समाधान गर्न पटकपटक कार्यदलको बैठक बसिरहेको छ। भोलि पुनः बैठक बस्ने भएको छ। नेताहरुले यसअघि पनि पटक पटक सहमतिनजिक पुगेको बताउँदै आएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here