Home समाचार मुख्य समाचार कांग्रेसका नेतामा वडास्तरदेखि नै सुद्धीकरण थाल्नुपर्छः नेता सिंह

कांग्रेसका नेतामा वडास्तरदेखि नै सुद्धीकरण थाल्नुपर्छः नेता सिंह

0
कांग्रेसका नेतामा वडास्तरदेखि नै सुद्धीकरण थाल्नुपर्छः नेता सिंह

असार २३, काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीमा वडा स्तरदेखि नै योग्य नेतृत्व छान्नुपर्ने बताएका छन् ।

लोकतन्त्रका लागि हाम्रो अभियानले आज यहाँ आयोजना गरेको ‘नेपाली कांग्रेसको १४ औँ महाधिवेशनः नीति र नेतृत्वमा महिला’ विषयक बागमती र गण्डकी प्रदेशस्तरिय भर्चुअल अन्तरक्रियामा उनले पार्टीलाई बलियो बनाउन गाउँ तहदेखि नै योग्य नेतृत्व छनोट गर्नुपर्ने बताएका छन्। नेता सिंहले आफू काठमाडौँको सभापति हुँदा पार्टीको जिल्ला सचिवदेखि तरुण दलको अध्यक्षसम्म महिलालाई बनाएको स्मरण स्मरण गरेका थिए। नीति निर्माण गर्ने थलोमा महिला सहभागीता बलियो बनाउनुपर्ने सिंहको भनाइ रहेको थियो ।

केन्द्रीय सदस्य एनपी साउदले नेपालमा महिला आन्दोलनका कारण अहिले राज्यका विभिन्न अङ्ग र पार्टीमा महिलालाई ३३ प्रतिशत उपस्थितिको व्यवस्था गरिएको बताए । सिंहले भने, ‘महिलालाई जति सशक्तिकरण बनाउन सक्यो, त्यति नै देशको विकासमा सहयोग पुग्छ ।’ केन्द्रीय सदस्य रत्ना शेरचनले पार्टीको पदाधिकारीमा महिला प्रतिनिधित्व बढाउनुपर्ने बताएका छन् । प्रदेशसभा सदस्य राधा घलेले पार्टीको नेतृत्वमा महिलाको उपस्थिती गराउनका लागि महिलाहरू एकजुट भएर लाग्नुपर्ने उल्लेख गरे।

काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले नेपालको महिला आन्दोलनमा स्वर्गीय मङ्गलादेवी सिंहको महत्वपूर्ण भूमिका रहेको बताए । पार्टीका केन्द्रीय सदस्य एवं कार्यक्रमका संयोजक डा डिला सङ्ग्रौलाले संविधानले व्याख्या गरेको अधिकारलाई पार्टीले लागू गर्नुपर्ने बताए।

सिंहले थपे, ‘स्थानीय तहको निर्वाचनमा प्रमुख र उपप्रमुखमध्ये एक महिला हुनुपर्ने व्यवस्था गरेजस्तै कांग्रेसभित्र पनि सभापति वा उपसभापति एक महिला हुनुपर्ने व्यवस्था गर्नुपर्छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here