Home समाचार मुख्य समाचार के एमाले सच्चिएकै हाे त ? यस्ताे भयाे आजको बैठकमा दुई पक्षबिच सहमति

के एमाले सच्चिएकै हाे त ? यस्ताे भयाे आजको बैठकमा दुई पक्षबिच सहमति

0
के एमाले सच्चिएकै हाे त ? यस्ताे भयाे आजको बैठकमा दुई पक्षबिच सहमति

असार २२, काठमाडौँ । नेकपा (एमाले) एकता कार्यदलले पार्टी एकताको विषयमा छलफलमा सकारात्मक छलफल गरी सबै मिलेर अघि बढ्न सहमति भएका छन् ।

मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले पार्टीभित्रका समस्या समाधान गर्न सबै मिलेर अगाडि बढ्ने सहमति भएको हो । वरिष्ठ नेता माधवकुमार नेपाल समूहको कार्यदलका सदस्य भीम रावलले छलफल पार्टी एकतापछि अहिले बनेका संगठनात्मक संरचनालाई कसरी अगाडि बढाउने र कसरी समस्या समाधान गर्ने भन्ने विषयमा केन्द्रित भएको जानकारी दिए ।

उनले अर्को बैठक बसेर एमाले पुर्नजीवित भइसकेपछिको अवस्थामा अहिलेका संगठनात्मक संरचनालाई कसरी व्यवस्थापन गर्ने भन्ने विषय टुंगो लगाउने गरी छलफल हुने बताए। छलफलमा सकारात्मक कुराकानी भएको उनको भनाइ छ ।

कार्यदलमा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओली पक्षबाट नेताहरु सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल, प्रदीपकुमार ज्ञवाली, शङ्कर पोखरेल, विष्णु रिमाल छन् भने नेता नेपाल पक्षबाट भीम रावल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, रघुजी पन्त, घनश्याम भुषाल छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here