असार २२, काठमाडौँ । पछिल्लो २४ घण्टामा २ हजार ६ सय ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ५ सय ३ जनाको पीसीआर परीक्षणमा १ हजार ७ सय १८ र ५ हजार ८२ जनाको एन्टिजेन परीक्षणमा ९ सय १६ जना गरी २ हजार ६ सय ३४ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या १ हजार ६ सय ६५ छ । त्यस्तै कोरोना संक्रमणबाट १५ जनाको मृत्यु भएको छ । यस्तै १० वर्ष मुनिका ६८ बालबालिकालाईकोरोना संक्रमण देखिएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १ सय १४ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।