Home समाचार मुख्य समाचार शुल्क लिएर नियम विपरित खोप वितरण गरे जानकारी गराउनुस्, हामी कारबाही गछौँः सहप्रवक्ता अधिकारी

शुल्क लिएर नियम विपरित खोप वितरण गरे जानकारी गराउनुस्, हामी कारबाही गछौँः सहप्रवक्ता अधिकारी

0
शुल्क लिएर नियम विपरित खोप वितरण गरे जानकारी गराउनुस्, हामी कारबाही गछौँः सहप्रवक्ता अधिकारी

असार १४, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता सहप्रवक्ता डा. समिरकुमार अधिकारीले नियम विपरित पैसा लिएर कसैले खोप लगाएको थाहा पाए जानकारी गराउन सर्वसाधरणलाई अनुरोध गरेका छन् । यदि कसैले त्यसरी नियम विपरित खोप उपलब्ध गराएको थाहा पाएमा उक्त कार्यमा संलग्न जो सुकैलाई भएपनि कारबाही गर्ने बताएका हुन् ।

अधिकारीले सर्वसाधरणलाई सरकारले खोप निशुल्क वितरण गर्दै आएकोले शुल्क तिरेर नलगाउन अनुरोध गरेका छन् ।

मन्त्रालयले शुल्क लिएर खोप उपलब्ध गराउनेलाई कारवाही गर्ने जनाएको छ । मन्त्रालयको सूचनामा भनिएको छ, ‘सरकारले कोरोना भाइरस विरुद्धको खोप निःशुल्क विवरण गर्दै आइरहेको छ । त्यसैले कसैले पनि शुल्क मागेर खोप उपलब्ध गराउने कुरा गरेमा वा त्यस्ता ठगी गर्नेको जानकारी तुरुन्तै स्थानीय प्रशासन वा मन्त्रालयमा उजुरी गरौै ।’

नेपालमा हालसम्म २५ लाख ८७ हजार ८७३ जनालाई पहिलो मात्रा र सात लाख ५२ हजार ११० जनालाई दोस्रो मात्राको खोप प्रदान गरिरहेको छ । कोभिशिल्ड र भेरोसेल खोप लगाइएको छ । यही असार २२ गतेबाट पुनः ६० बर्षदेखि ६४ बर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई भेरोसेलको दोस्रो मात्राको खोप लगाइँदैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here