Home प्रवास एनआरएन कान्साइद्वारा एतिहासिक स्मारिका प्रकाशन

एनआरएन कान्साइद्वारा एतिहासिक स्मारिका प्रकाशन

0
एनआरएन कान्साइद्वारा एतिहासिक स्मारिका प्रकाशन

सञ्चार हाउस, पुरुषोत्तम लामिछाने कान्साइ, जापान

एन आर एन जापान कान्साई क्षेत्रिय समितिले संस्थाको ८ औं अधिवेसनको अबसर पारेर स्मारिका प्रकाशन गरेको छ। एनआरएन जापान कान्साई समितिको २०१९-२०२१ कार्य समितिले स्मारिका प्रकाशन गरेको हो।

एन आर एन जापान कान्साइ क्षेत्रिय समितिका तत्कालिन उपसंयोजक दिलिप शर्मा गैरेको परीकल्पनामा एन आर एन जापानका सल्हाकार नरेन्द्र बस्नेत दिनेशलाई स्मारिका प्रकाशन समिति प्रमुखको जिमेवारी रहने गरी गठन गरिएको स्मारिका प्रकाशन कार्यसमितिले स्मारिका तयार पारेको हो ।

एनआरएनए जापान कान्साई क्षेत्रीय समितिका तत्कालीन संयोजक कृष्ण शर्मा गैरे संरक्षक तथा एन आर एन कान्साइका निर्वाचन समिती प्रमुख रमेश बाबु घिमिरे प्रधान सम्पादक रहने गरी तत्कालिन सचिब सुरेश सापकोटको संयोजकत्वमा तयार पारीएको स्मारिका प्रकाशन समितिमा एन आर एन आइ सिसी सदस्य तुल्सी राम खरेल र एन आर एन ए जापानका सल्हाकार आत्माराम शर्मा सल्हाकार रहनु भएको छ भने तत्कालिन उपसंयोजक दिलिप शर्मा गैरे,तत्कालिन कोषाध्यक्ष डिल्ली प्रशाद सापकोटा बिष्णु र सञ्चारकर्मी पुरुषोत्तम लामिछाने सम्पादक रहनुभएको थियो।

उक्त स्मारिकाको कार्यक्रमका प्रमुख आतिथी एन आर एन ए आइसिसि सदस्य तुल्सीराम खरेल,एन आर एन जापानका महासचिब जनक बिक्रम शाही,स्मारिका प्रकाशन समिती प्रमुख नरेन्द्र बस्नेत दिनेश,स्मारिकाका प्रधान सम्पादक रमेश बाबु घिमिरे र एन आर एन कान्साइका तत्कालिन संयोजक कृष्ण शर्मा गैरेले संयुक्त रुपमा विमोचन गर्नुभएको थियो ।

स्मारिकामा संस्थाको स्थापनाकाल देखि हाल सम्मका कार्यगत बिषयबस्तु, कार्यसमिती विवरण, शुभकामना सन्देश, लेख रचना साथै जानाकारी समेटिएको छ । उक्त स्मारिका गैरआवासीय नेपाली संघ, क्षेत्रिय कार्यसमिति कान्साईको पहिलो लिखित दस्ताबेज बनेको स्मारिका प्रकाशन समितिका प्रधान सम्पादक रमेश बाबु घिमिरेले दीप्श्री अन्लाईनलाई जानकारी दिनुभयो।

स्मारिका समिती प्रमुख नरेन्द्र कुमार बस्नेत’दिनेश ‘ ले उक्त कार्यक्रम मा बोल्दै “ एन आर एन ए अभियान मा लाग्न चाहाने हरुको लागी स्मारिका मार्गदर्शक बन्ने बिश्वास” ब्यक्त गर्नु भएको थियो ।

८ औं अधिवेशलाई सफल बनाउन भौतिक तथा भर्चुअल रुपमा उपस्थित हुनुहुने एनआरएनए आईसीसीका पदाधीकारी, एनआरएनए जापानका क्षेत्रिय पदाधिकारी, साथै बिभिन्न संघ संस्थाका प्रतिनिधि हरुले निकै सराहनिय कार्य भएको प्रतिकृया दिनुभएको थियो। यसैक्रम “ गैरआवासीय नेपाली संघ, क्षेत्रिय कार्यसमिति कान्साईको आफ्नो स्थापनाकाल देखि हाल सम्मका सस्थागत जानकारी भावी पुस्तालाई बुझाउन स्मारिका को धारणा ल्याइएको “ तत्कालिन संयोजक तथा स्मारिका प्रकाशन समितिका कृष्ण गैरे शर्मा ले बताउनु भयो ।

स्मारिका प्रकाशनको लागि एन आर एन आइ सिसी सदस्य तुल्सी राम खरेल र एन आर एन ए जापानका सल्हाकार आत्माराम शर्मा गैरेले आर्थिक सहयोग गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here