Home समाचार मुख्य समाचार सभामुख अग्नि सापकोटाले बोलाएको बैठक सुरु, पत्रकारले प्रवेश पाएनन्

सभामुख अग्नि सापकोटाले बोलाएको बैठक सुरु, पत्रकारले प्रवेश पाएनन्

0
सभामुख अग्नि सापकोटाले बोलाएको बैठक सुरु, पत्रकारले प्रवेश पाएनन्

जेठ २८, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने शीर्ष नेता र पूर्वप्रधानमन्त्रीको बैठक सुरु भएको छ । उक्त बैठकमा पत्रकारलाई भने प्रवेश दिइएकाे छैन ।
संघीय संसद भवन नयाँ वानेश्वरको ल्होत्से हलमा सुरु भएको बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका नेता माधवकुमार नेपाल, संघीय समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई, केन्द्रीय कमिटी अध्यक्ष उपेन्द्र यादव, नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवाललगायत नेता सहभागी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here