Home समाचार मुख्य समाचार आजदेखि चीनले दिएको खोपको पहिलो डोज सुरु

आजदेखि चीनले दिएको खोपको पहिलो डोज सुरु

0
आजदेखि चीनले दिएको खोपको पहिलो डोज सुरु

जेठ २५, काठमाडौँ । चीनले दिएको खोपको पहिलो डोज आजदेखि लगाउन सुरु गरिने भएको छ । कोरोनाविरुद्ध खोप अभियानको नयाँ चरणमा काठमाडौं उपत्यकामा ६०–६४ वर्ष उमेर समूहका र अन्य जिल्लामा ६२–६४ वर्ष उमेर समूहका नागरिकलाई लगाइनेछ भएको छ ।
खोप शाखाका अनुसार खोप केन्द्र र खोप अभियानको समय देशका सबै जिल्लामा जिल्ला प्रशासन कार्यालयको संयोजकत्व रहेको कोभिड १९ विरुद्धको खोप समितिले निर्धारण गर्ने व्यवस्था गरिएको छ।
कोभिडको महामारी र यातायातको कठिनाइका कारण कतिपय जिल्लामा खोप अभियानको मिति घटबढ हुन सक्ने शाखाले जनाएको छ । शाखाले एकै दिन खोप अभियान सुरु गर्न निर्देशन दिएको बताएको छ ।
खोप शाखाका अनुसार नेपालमा ६०–६४ वर्ष उमेर समूहको जनसंख्या ८ लाख ५० हजार छ। एकजनालाई दुई डोज खोप दिनुपर्छ। चीनले दिएको १० लाख डोजले ५ लाख व्यक्तिलाई मात्र पुग्छ। त्यसमा पनि तिब्बतस्थित सीमा जोडिएका पालिकामा १८ वर्षमाथिकालाई समेत खोप दिने निर्णय भएको छ।

याे पनि पढ्नुहाेस्ः

https://www.sancharhouse.com/2021/06/07/%e0%a4%9a%e0%a4%bf%e0%a4%a8%e0%a5%80%e0%a4%af%e0%a4%be-%e0%a4%96%e0%a5%8b%e0%a4%aa%e0%a4%95%e0%a5%8b-%e0%a4%aa%e0%a4%b9%e0%a4%bf%e0%a4%b2%e0%a5%8b-%e0%a4%a1%e0%a5%8b%e0%a4%9c-%e0%a4%95%e0%a4%b9/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here