Saturday, May 18, 2024
थप

    पछिल्लो २४ घन्टामा ५ हजार १ सय ५३ मा कोरोना पुष्टि

    जेठ २५, काठमाडौँ । पछिल्लो २४ घन्टामा ५ हजार १ सय ५३ मा कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न जिल्लामा मंगलबार गरिएको १२ हजार ६५ पीसीआर परीक्षणमा ३ हजार ८७० जनामा कोरोना पुष्टि भएको हो ।
    उक्त संक्रमित मध्ये ५ हजार ६११ एन्टिजेन परीक्षणमा १ हजार २८३ जनामा कोरोना संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन परीक्षणबाट कुल ५ हजार १५३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
    यसैगरी, २४ घण्टामा ६ हजार ५७० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमण भइ निको हुनेको संख्या ५ लाख ४ हजार ५३० पुगेको छ ।
    मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप १०८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ९८ पुगेको छ ।

    सम्बन्धित

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    सम्पर्कमा रहनुहोस्

    0FansLike
    1FollowersFollow
    0SubscribersSubscribe

    भर्खरै