Friday, April 12, 2024
थप

    सेती अस्पतालमा थप ६ जना संक्रमितको मृत्यु

    सञ्चार हाउस, धनगढी । सेती प्रादेशिक अस्पतालमा उपचाररत थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कैलालीका ४, कञ्चनपुर र डोटीका १/१ जना संक्रमितको मृत्यु भएको प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।

    धनगढी उपमहानगरपालिका–१ का ८० वर्षीय पुरुष, वडा नम्बर २ का ५८ वर्षीय पुरुष, वडा नम्बर १७ की ३५ वर्षीया महिला र कैलालीको जोशीपुर गाउँपालिका–५ की २९ वर्षीया महिलाको मृत्यु भएको सूचना अधिकारी श्रेष्ठले बताए । यस्तै कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ का ३२ वर्षीय पुरुष र डोटीको दिपायल सिलगढी नगरपालिका–६का ६१ वर्षीय पुरुषको मृत्यु भएको उनले बताए ।

    सम्बन्धित

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    सम्पर्कमा रहनुहोस्

    0FansLike
    1FollowersFollow
    0SubscribersSubscribe

    भर्खरै