Home समाचार मुख्य समाचार नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने ९ जना इडिभी विजेता पक्राउ

नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने ९ जना इडिभी विजेता पक्राउ

0
नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने ९ जना इडिभी विजेता पक्राउ

असोज ७ काठमाडौं । अमेरिकन दुतावासमा नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने ९ जना इडिभी विजेतालाई प्रहरीले पक्राउ गरेको छ । २०२१ को इडिभी विजेताले पेश गरेको शैक्षिक प्रमाणपत्र नक्कली फेला परेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा कास्की पोखरा महानगरपालिका–१० घर भएका ४० वर्षीय अरूण कार्की, नुवाकोट बेलकोटगढी नगरपालिका–९ घर भई काठमाडौं टोखा नगरपालिका बानियाटार बस्ने २५ वर्षीया राधिका तामाङ, पाँचथर मिक्लाजुङ गाउँपालिका–६ घर भई झापा दमक नगरपालिका–५ बस्ने २५ वर्षीय समिर राई रहेका छन् ।

त्यसैगरी, झापा मेचीनगर नगरपालिका–६ घर भएका ४६ वर्षीय बिदुर प्याकुरेल, स्याङजा चापाकोट गाउँपालिका–२ घर भई काठमाडौं बसुन्धारा बस्ने ३८ वर्षीया सबिता श्रेष्ठ, झापा विर्तामोड नगरपालिका–५ घर भएका ४० वर्षीय दिनेश प्रसाई, काठमाडौं कागेश्वरी नगरपालिका घर भएका २१ वर्षीय सुरज राज खत्री, अछाम मंगलसेन नगरपालिका–१२ घर भएका २७ वर्षीय वीरेन्द्र बहादुर रावल, र दमक नगरपालिका–८ घर भएका ४८ वर्षीय सूर्य बहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कार्यमा संलग्न दिनेश र सूर्य बहादुरलाई ईलाका प्रहरी कार्यालय दमक झापा र ईलाका प्रहरी कार्यालय अनारमनी झापाको समन्वयमा उनीहरुलाई पक्राउ गरेको हो ।

नेपालस्थित अमेरिकन दूतावासमा ईडीभी २०२१ को नतिजामा नाम निकालेका तर भिसा प्रक्रियाका लागि आवश्यक शैक्षिक योग्यता प्राप्त नगरेका केही व्यक्तिहरुले भिसा प्रयोजनको लागि प्लुसटुको नक्कली एकेडेमिक ट्रान्सकिप्ट बनाई पेश गरेको प्रहरीको आरोप छ ।

पक्राउ परेका उनीहरुमाथि लिखत सम्बन्धि कसूरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here