Sunday, October 13, 2024
थप

    नेपाल टेलिकमले शुक्रवारबाट निःशुल्क इ-सिम वितरण गर्ने

    नेपाल टेलिकमले शुक्रबारदेखि निःशुल्क इ-सिम वितरण गर्ने भएको छ। टेलिकमले दूरसञ्चार कार्यालय, सुन्धारा काउन्टरबाट कम्पनीका ग्राहकलाई निःशुल्क इ-सिम वितरण गर्न लागेको हो।

    इ-सिम सपोर्ट गर्ने मोबाइल सेट भएका ग्राहकले नयाँ प्रविधिको सिम प्रयोग गर्नसक्ने टेलिकमले जनाएको छ।

    हाल फिजिकल सिम प्रयोग गरिरहेका कम्पनीका ग्राहकहरूका पोस्टपेड र प्रिपेड सिमलाई निःशुल्क इ-सिममा परिवर्तन गर्न सकिने छ।

    त्यसैगरी नयाँ पोस्टपेड लिन चाहने ग्राहकलाई हालको बिक्री मूल्यमा इ-सिम उपलब्ध गराइने छ भने नयाँ प्रिपेड सिमकार्ड लिन चाहने ग्राहकलाई भने निकट भविष्यमा सो सिम उपलब्ध गराइने छैन।

    इ-सिम सपोर्ट गर्ने मोबाइल सेट भएका नेपाल टेलिकमका पहिलेदेखिका ग्राहकले सो सिम लिनका लागि आवश्यक फारम भरेर बुझाउनुपर्ने छ।

    यो एक प्रकारको भर्चुअल अर्थात इलेक्ट्रोनिक सिम हो। इ-सिम उपलब्ध भएपछि अहिलेको जस्तो भौतिक रूपमा प्रयोग गरिने सिमकार्डको आवश्यकता पर्दैन। यसबाट फोन गर्ने र डाटा चलाउने लगायतका विभिन्न कार्य गर्न सकिन्छ।

    इ-सिम प्रयोगमा आएपश्चात सिमकार्ड परिवर्तन गर्नुपर्ने आवश्यकता हुँदैन। मोबाइल सेटबाहेक इ-सिमलाई अन्य डिभाइस तथा स्मार्ट वाच र शरीरमा पहिरिन योग्य विभिन्न प्रकारका डिभाइसहरूमा समेत प्रयोग गर्न सकिन्छ ।

    हालका सबै प्रयोगकर्ताले समेत इ-सिम प्रयोग गर्न सक्ने र नयाँ प्रयोगकर्ताले पनि सहज तरिकाले इ-सिम लिन पाउने छन्।

    सम्बन्धित

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    सम्पर्कमा रहनुहोस्

    0FansLike
    1FollowersFollow
    0SubscribersSubscribe

    भर्खरै