Friday, April 12, 2024
थप

    विप्लव नेतृत्वको पार्टीका एक दर्जन बढी नेता–कार्यकर्ता कांग्रेसमा प्रवेश, देउवाले दिए सदस्यता कार्ड

    भदौ २०, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका करिब एक दर्जन नेता–कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

    प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले शनिबार उनीहरूलाई पार्टीमा स्वागत गरी पार्टीको सदस्यता वितरण गरेका हुन् ।

    उक्त पार्टीका वैकल्पिक केन्द्रीय सदस्य एवम् बैतडी इन्चार्ज रमेश परियार, जनमुक्ति पार्टीका केन्द्रीय उपाध्यक्ष रवीन्द्र सुनार, अखिल नेपाल महिला संघ (क्रान्तिकारी) कञ्चनपुरका जिल्ला अध्यक्ष कल्पना परियार, नेकपा काठमाडौं–कञ्चनपुर सम्पर्क मञ्चका अध्यक्ष दिपेश नागरी, मञ्चका सचिव राधव परियारलगायत नेता–कार्यकर्ता कांग्रेस प्रवेश गरेका जनाइएको छ ।

    सम्बन्धित

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    सम्पर्कमा रहनुहोस्

    0FansLike
    1FollowersFollow
    0SubscribersSubscribe

    भर्खरै