Friday, April 12, 2024
थप

    काठमाडाैंमा भारतीय सेनाध्यक्ष

    भदौ -१९ , काठमाडौं। आज दिउँसो भारतीय स्थल सेनाका प्रमुख मनोज पाण्डे काठमाडौं आइपुगेका छन् । पाँच सदस्यीय टोलीका साथ उनी भारतीय सेनाको विमानमार्फत काठमाडौं आइपुगेका हुन् ।

    विमानस्थलमा उनलाई नेपाली सेनाको एक टोलीले स्वागत गरेको छ । औपचारिक कार्यक्रम भने सोमबारदेखि मात्र हुनेछन् ।

    पाँचदिने भ्रमणको पहिलो दिन सोमबार जनरल पाण्डेले सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण गर्नेछन् । त्यसपछि उनलाई नेपाली सेनाको मुख्यालय जंगीअड्डामा गार्ड अफ अनर दिने कार्यक्रम छ ।

    भारतीय सेनाको तर्फबाट नेपाली सेनालाई हुने सहयोग पनि सोही अवसरमा घोषणा हुनेछ । सोमबार नै उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न ग्रहण गर्नेछन् । शीतलनिवासमा यो कार्यक्रम अपराह्न ३ बजेका लागि राखिएको छ ।

    सम्बन्धित

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    सम्पर्कमा रहनुहोस्

    0FansLike
    1FollowersFollow
    0SubscribersSubscribe

    भर्खरै