Sunday, December 8, 2024
थप

    गठबन्धनमा कांग्रेस लचिलो नभए एमालेबाहेकको गठबन्धन हुन्छः दाहाल

    भाद्र–१२, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा सत्तारुढ गठबन्धनको मुख्य घटक कांग्रेस गठबन्धनका लागि लचकता नअपनाए एमालेबाहेकका पार्टीँसँग बामगठबन्धन गर्ने बताएका छन् । कांग्रेसका शेखर कोइराला पक्षले गठबन्धनमा रहेका अन्य दलहरूलाई प्रतिनिधिसभामा ६५ सिटभन्दा बढी दिन नसकिने बताएपछि दाहालको त्यस्तो प्रतिक्रिया दिएका हुन् ।

    माओवादीको वाग्मती प्रदेशमा कार्यरत केन्द्रीय सदस्यहरू र प्रदेश पदाधिकारीको संयुक्त बैठकलाई आइतबार ललितपुरको सानेपामा सम्बोधन गर्दै दाहालले सकेसम्म आगामी चुनावमा सत्ता गठबन्धन कायमै रहने बताए थिए । कांग्रेसभित्र विभिन्न विचार आइरहेको कुरा उल्लेख गर्दै दाहालले त्यस्तो परिस्थितिमा के गर्ने भन्ने विकल्पबारे पनि सोच्नुपर्ने बताएको केन्द्रीय सदस्य अनिल शर्माले उल्लेख गरे ।

    शर्माले भने, ‘अध्यक्ष प्रचण्डले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा अहिलेको पाँच दलीय सत्तारुढ गठबन्धन एकढिक्का भएर जान्छ भन्नुभएको थियो ।’ उनले थपे, कांग्रेसले गठबन्धनमा शक्तिको सही पहिचान नगरे हामीले वाम गठबन्धनलाई अगाडि बढाएर राम्रै परिणाम ल्याउन सक्छौं भन्नुभएको थियो ।’

    माओवादी केन्द्रीय सदस्य रामनारायण बिडारीले भने प्रतिनिधिसभा र प्रदेशसभाको मंसिर ४ गतेको चुनावपछि कम्युनिस्ट पार्टीमध्ये माओवादी सबैभन्दा ठूलो हुने विश्वास अध्यक्ष दाहालले राखेको बताए । कांग्रेस, माओवादी र अन्य राजनीतिक दलहरूका नेताहरूलाई जति नै असन्तुष्टि भए पनि सत्तारुढ गठबन्धन एकढिक्का भएर मंसिर ४ को निर्वाचनमा जाने दाहालको भनाइ रहेको बिडारीले उल्लेख गरे ।

    प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि माओवादीले निर्वाचन प्रणाली र शासकीय स्वरुपमा सुधारको एजेन्डा अगाडि बढाउने कुरा पनि दाहालले बैठकमा राखेका थिए । त्यसका लागि नेताहरूलाई तयार रहन पनि उनले निर्देशन दिएका थिए । पार्टीको संगठनभित्रका विवाद समाधानका लागि विशेष महाधिवेशन गरेर जाने जानकारी दाहालले दिएका थिए ।

    सम्बन्धित

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    सम्पर्कमा रहनुहोस्

    0FansLike
    1FollowersFollow
    0SubscribersSubscribe

    भर्खरै