कार्तिक–२३, काठमाडौँ । उनकी आमा दुर्गा मगरको मंगलबार काठमाडौंमा निधन भएको हो।
विक्की र उनकी आमा दुर्गा नेपालको तिहार हेर्न तथा छोरालाई सेटल गराउन भनेर भाइटीकाको दिन नेपाल आएका थिए।
मंगलबार करिब ३ बजे विक्की मिटिङका लागि भन्दै आमालाई छाडेर कोठाबाट निस्किएका थिए। तर, बेलुकी ७ बजे कोठामा फर्किँदा उनकी आमा अचेत अवस्थामा फेला पारेकी थिइन् । उनलाई अचेत अवस्थामा भेटेपछि तत्काल उपचारका लागि चावहिलको मेडिकेयर अस्पताल पुर्याइएको थियो। अस्पताल पुर्याएलगत्तै उनलाई डाक्टरहरुले मृत घोषित गरेको थियो। उनी उच्च रक्तचाप र मधुमेहको बिरामी थिइन् । करिब ६० वर्षिया दुर्गाको अन्तिम संस्कार सिक्किममै गरिने भएको छ।
बिक्की अग्रवालकी आमाको निधनप्रति एमालेका नेता योगेश भट्टराईले श्रद्धाञ्जली अर्पण गरेका छन् । योगेश भट्टराईले सामाजिक सञ्जालमा स्टाटस राखी अग्रवालकी आमालाई श्रद्धाञ्जली अर्पण गरेका हुन् । उनले फेसबुकको स्टाटसमा लेखेका छन्ः ‘कमेडी च्याम्पियनका उत्कृष्ट कलाकार बिक्कि अग्रवालकी ममतामयी माताको निधनप्रति दुःख ब्यक्त गर्दछु र स्व. मातामा भावपूर्ण श्रद्धान्जली तथा बिक्किलगायत सम्पूर्ण परिवारमा गहिरो समवेदना सम्प्रेसण गर्दछु ।’
यसैगरी, कमेडी च्याम्पियनका विजेता भरतमणिले पनि अग्रवालकी आमाको मृत्युमा श्रद्धाञ्जली अर्पण गरेका छन् । भरतमणिले फेसबुकमा लेखिएको छन्ः
हार्दिक श्रद्धाञ्जली आमा 😭
आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो,
इन्द्रै बिन्ति गरुन झुकेर पाउमा त्यो बिन्ति सुन्दैन त्यो,
कमेडी च्याम्पियनको मेरो प्यारो दाइ बिक्कि अग्रवाललाई मातृशोक परेको छ, आमा हजुरको आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजन तथा आफन्तजनप्रति धैर्य धारण गर्ने शक्ति ईश्वरले प्रदान गरून् । समय ले हामी बाट हजुरलाइ टाढा पुर्याएपनी हाम्रो मन मुटुमा जिबितनै रही रहनु हुनेछ, हार्दिक श्रद्धाञ्जली आमा ।