Home समाचार मुख्य समाचार शुक्रबारदेखि काठमाडाैँ महानगरपालिका ३२ वटै वडाबाट कोरोनाविरुद्धको पहिलो मात्रा खोप दिने (सूचनासहित)

शुक्रबारदेखि काठमाडाैँ महानगरपालिका ३२ वटै वडाबाट कोरोनाविरुद्धको पहिलो मात्रा खोप दिने (सूचनासहित)

0
शुक्रबारदेखि काठमाडाैँ महानगरपालिका ३२ वटै वडाबाट कोरोनाविरुद्धको पहिलो मात्रा खोप दिने (सूचनासहित)

असोज २१, काठमाडौँ । शुक्रबारबाट काठमाण्डौ महानगरपालिकाका ३२ वटै वडामा कोरोनाविरुद्धको पहिलोे मात्रा खोप दिने भएको छ ।

भोलि काठमाण्डौ महानगरपालिकाका ३२ वटै वडामा १८ वर्षमाथिका सबै नागरिकलाई चिनियाँ भेरोसेल खोपको पहिलो मात्रा खोप दिइने महानगरपालिकाले सूचनामार्फत जानकारी गराइएको छ ।

३२ वटा वडा कार्यालयसहित नेपाल प्रहरी अस्पताल, वीर अस्पताल, निजामती कर्मचारी अस्पताल, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथली र वीरेन्द्र सैनिक अस्पताल छाउनीबाट पनि खोप लगाउन सकिने महानगरपालिकाले जनाएको छ ।

बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म आफ्नो परिचय खुल्ने कागजातसहित केन्द्रमा गएर खोप लगाउन महानगरपालिकाले अनुरोध गरेको छ ।

महानगरपालिकाकाे सूचना

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here