Saturday, October 5, 2024
थप

    तालिवानको कस्तो छ गतिविधि ? अफगानिस्तानमा नेपालीकाे अवस्था कस्ताे छ ?

    साउन ३२, काठमाडाैँ ।

    के हो तालिबान ?

    सोभियत संघ फर्किएपछि सन् १९९० को दशकमा कट्टपन्थी धार्मिक अभियानमा तालिबान शुरु भएको थियो । दक्षिण पश्चिमबाट आफ्नो प्रभाव विस्तार गरेको तालिबानले १९९५ मा इराकसँग सीमा जोडिएको हेरात प्रान्त नियन्त्रणमा पारेको थियो । हेरात प्रान्त आफ्नो नियन्त्रणमा लिएको एक वर्षपछि अफगानिस्तानको राजधानी काबुल नियन्त्रणमा लियो र राष्ट्रपति बुरानुद्दिन रब्बानीलाई हटाएर शासन सत्ता आफ्नो हातमा लिएको थियो ।

    जब २००१ सेप्टेम्बर ११ मा अल कायदाले अमेरिकाको वर्ल्ड ट्रेड सेन्टर र पेन्टागनमा हवाई आक्रमण गर्‍यो । उक्त आक्रमणमा अमेरिकी तीन हजार मानिसको ज्यान जाने गरी भएको आक्रमणपछि अमेरिकाले तालिबानको संरक्षणमा रहेका अल कायदा प्रमुख ओसामा बिन लादेनलाई आफूसमक्ष बुझाउन भन्यो । तालिबानले लादेनको संलग्नता पुष्टि नभएको भन्दै बुझाउन अस्वीकार गर्‍यो ।

    जवाफमा तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यू बुसले अफगानिस्तान युद्धको सुरुआत गरेका थिए । त्यो वर्षको डिसेम्बरमा आइपुग्दा तालिबानको सत्ता ढल्यो । अमेरिकाले सेना फिर्ता बोलाउने निर्णयसँग अहिलेको घटना जोडियो

    तालिवानले सरकारी र विदेशी सेनामाथि आक्रमण गर्दै आइरहेका थिए । यसका बावाजुत पनि मुलुकका अधिकांश भूभाग र प्रान्तीय शहर अफगान सरकारकै नियन्त्रणमा थियो ।

    सन् २०१९ को सेप्टेम्बरमा अमेरिकी राष्ट्रपति ट्रम्पले तालिबानलाई बालाई सहमति भएको थियो । मौखिक सहमति गरेको पाँच महिनापछि २०२० फेब्रेअरीमा सम्झौता भएको थियो । कतारको दोहामा भएको सहमतिमा अमेरिकाले अफगानिस्तानमा रहेका आफ्ना सबै सैनिक २०२१ मे सम्म अमेरिका फिर्ता लैजाने सहमति भएको थियो । ट्रम्पले गरेको निर्णयलाई बाइडेनले कार्यान्वयन मात्रै गरेका हुन् ।

    घानीले किन देश छोड ?

    सधैँजसो अफगानिस्तानमा हुने युद्ध, हिंसा, क्रान्ति सेनाको मृत्यु भएको कारण सेनाको संख्या दिनानुदिन घटिरहेको छ । अफगानिस्तान सरकार भने अमेरिकाले वार्ताको लागि बोलाएपछि तालिबान शक्तिमा आएको घानीले बताउँदै आएका छन् । उनले भनेका छन्, ‘जब म राष्ट्रपति बनें, मेरोसामु अर्को बाटो थिएन । हामीसँग आफ्नो र सहयोगी मुलुकका सेनालाई त्यहाँबाट सुरक्षित निकाल्ने चुनौती थियो ।’

    अफगानिस्तानको एकपछि अर्को शहर कब्जामा लिएको चरमपन्थी विद्रोही संगठन तालिबानका लडाकु राजधानी काबुल प्रवेश गरेका छन् । यससँगै राष्ट्रपति असरफ घानीले देश नै छाड्नुपर्ने बाध्यात्मक स्थिति आएको छ । अहिले अफगानिस्तानको राज्य सत्ता तालिबानको कब्जामा आइसकेको छ ।

    के भन्छ अमेरिकी गुप्तचर ?

    तालिबान अफगानिस्तानी सरकारभन्दा धेरै शक्तिशाली भएको अमेरिकी गुप्तचर एजेन्सीले बताएँदै आएको थियो । साता दिन पहिला मात्रै अमेरिकी एजेन्सीले तालिबानको सामु अफगानिस्तानी सरकार तीन महिना पनि नटिक्ने बताएको थियो । उक्त बताएको सातादिनमै पुरे अफगानिस्तान तालिबानको नियन्त्रणमा आइसकेको छ ।

    अफगानिस्तानका ३४ प्रान्तमध्ये २५ प्रान्तको सरकारलाई नियन्त्रणमा लिइसकेकोले घानी सरकारसामु तालिबानसँग संघर्ष गर्ने वा आत्मसमर्पण गर्ने दुई ओटा मात्रै बाटो थियो । अफगानी सेना तथा

    ३३० नेपाली उद्धारपछि दोहामा

    अफगानिस्तानबाट उद्धारको प्रतिक्षा गरिरहेका १३४ जना नेपाली नागरिक सम्पर्कमा आएका छन् । आइतबार परराष्ट्र मन्त्रालयले आइतबार एक विज्ञप्ति प्रकाशित गरी अफगानिस्तानमा रहेका नेपाली नागरिकको विवरण संकलनका अनलाइन रजिस्ट्रेसनसहित सम्पर्कका लागि भाइबर, हृवाट्सएप सुविधासहितको मोबाइल नम्बरहरु पनि सार्वजनिक गरेको थियो । सोमबार साँझसम्म १३४ नेपाली र उनीहरुका आफन्तले अफगानिस्तानमा कार्यरत श्रमिकबारे जानकारी दिएको मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले बताइन् । उनीहरु सरकारको सम्पर्कमा आएकाले उद्धारको लागि सहज हुने उनको भनाइ छ । ‘अफगानिस्तानमा रहनुभएका नेपालीहरुबारे जानकारी आउने क्रम जारी नै छ,’ उनले भनिन्,’उचित परिस्थिति बन्नासाथ उहाँहरुको उद्धार सुरु हुन्छ ।’

    फाेटाेः उद्धारकाे प्रतिक्षारत नेपाली

    अफगानिस्तानमा रहेका नेपाली नागरिक वा उनीहरुको परिवारका सदस्यले कन्सुलर सेवा विभागको वेबसाइटमा आफ्नो नामसहितको विवरण समावेश गर्न सक्ने व्यवस्था गरिएको छ । अवैधानिक रुपमा जाने श्रमिकहरु पनि त्यहाँ अलपत्र परेको हुनसक्ने भएकाले विवरण तयार पार्ने काम गर्नुपरेको प्रवक्ता लम्सालले बताइन् ।

    काबुलस्थित विभिन्न मुलुकका कूटनीतिक नियोगहरु तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरुमा कार्यरत नेपालीहरुलाई तत्काल उद्धार गरी सुरक्षित स्थानमा राख्न र स्वदेश फर्काउन नेपाल सरकारले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य बेलायत, क्यानडा, जर्मनी, युरोपियन युनियन, जापान तथा संयुक्त राष्ट्रसंघको कार्यालयहरुलाई औपचारिक पत्राचार पनि गरेको छ ।

    उनले भनिन्, ‘उहाँहरुले हाम्रो आग्रहमा सकारात्मक जवाफ दिनुभएको छ, केही नागरिकको उद्धार भइसकेको छ, केहीको उद्धारको क्रममा हुनुहुन्छ भने कोही बाटोमा हुनुहुन्छ,’ उनले भनिन्,’हामी केही सयमभित्र कति नेपालीको उद्धार भयो भने जानकारी सार्वजनिक गर्छौं ।’

    ४३७ जना उद्धारको प्रतिक्षामा काबुलमा

    वैदेशिक रोजगारी विभागका एक अधिकारीहरु अनुसार दिउँसोसम्म ४३७ जना नेपाली काबुलको अन्तर्राष्ट्रिय एयरपोर्टमा उद्धार गर्न जाने विमानको प्रतिक्षामा रहेको जानकारी ती म्यानपावर कम्पनीले दिएका छन् ।

    ‘विगत १० दिनमा १६४ जना व्यक्ति अफगानिस्तानबाट नेपाल आएका छन् । उनीहरुमध्ये दुई जना अफगानी कुटनीतिज्ञ र बाँकी सबै नेपाली नागरिक रहेको त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले जानकारी दिएको छ ।

    सम्बन्धित

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    सम्पर्कमा रहनुहोस्

    0FansLike
    1FollowersFollow
    0SubscribersSubscribe

    भर्खरै