साउन २७, काठमाडौँ । लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री सन्तोष कुमार पाण्डेयले पदबाट राजीनामा दिएका छन् ।
समाजवादी पार्टीले मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेपछि पाण्डेले राजनीनामा दिएका हुन् । उनको राजिनामामा भनिएको छ, सिद्धान्तको राजनीति गर्ने जननिर्वाचित प्रतिनिधिले नैतिकताको आधारमा सरकारबाट फिर्ता हुनु उपयुक्त ठानी पार्टीले गरेको निर्णयअनुसार नै आफूले राजीनामा गरेको हुँ ।
गत वैशाखमा मन्त्री बनेका पाण्डेयसहित विजय यादव र कल्पना पाण्डेयलाई जसपाले सरकारबाट फिर्ता हुन नमानेपछि कारबाही गर्दै सांसद पदबाट हटाएको थियो । सो निर्णयविरुद्ध तीनै जना अदालत गएका थिए । तर अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।
रुपन्देही क्षेत्रनम्बर ३ (१) बाट विजयी पाण्डेयले मन्त्री पद त्यागे पनि विजय यादव र कल्पना पाण्डेय भने सरकारमा कायमै छन् ।
लुम्बिनी प्रदेशसभामा जसपाका ६ सांसद थिए । पार्टीले तीन जनालाई कारबाही गरेपछि अब तीन सांसद कायम छन् ।