Home समाचार मुख्य समाचार २८ गतेदेखि काठमाडौँमा निषेधाज्ञा कडाइः बेलुका ८ बजेपछि सार्वजनिक सवारी साधन सञ्चालनमा रोक

२८ गतेदेखि काठमाडौँमा निषेधाज्ञा कडाइः बेलुका ८ बजेपछि सार्वजनिक सवारी साधन सञ्चालनमा रोक

0
२८ गतेदेखि काठमाडौँमा निषेधाज्ञा कडाइः बेलुका ८ बजेपछि सार्वजनिक सवारी साधन सञ्चालनमा रोक

साउन २६, काठमाडौँ । कोभिड–१९ को सङ्क्रमण वृद्धिसँगै काठमाडौँ उपत्यकामा निषेधाज्ञामा कडाइ गर्न थालिएको छ । ८ बजेपछि सवारी साधन चलाउन नपाइने निर्णय गरेको छ ।

यद्यपि अत्यावश्यक सवारी साधन भने सञ्चालन गर्न पाइने छ । आजको बैठकले गरेको निर्णय यही साउन २८ गते बिहान १ बजेबाट भदौ ८ गते राति १२ बजेसम्म लागू हुनेछ । यसैगरी, यसअघि गोष्ठी भेला गर्नैपर्ने भयो भने २५ जनासम्म भेला हुन दिइएको थियो तर २८ गतेबाट गोष्ठी हुन नपाइने भएको छ । अब गोष्ठी तथा सेमिनार भर्चुअल माध्यामबाट मात्र गर्नुपर्ने भएको छ ।

अन्य गतिविधिका सन्दर्भमा भने विगतमा लागू भएको आदेशलाई यथावत राखिएको छ । कोभिड–१९ का बिरामीको सङ्ख्या वृद्धि हुन थालेकाले केही कडाइ गरिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलले जानकारी दिएका छन् । निरौलाले भने, ‘राति बीच बाटोमा अलमल गर्ने अवस्था देखियो, त्यसले भीडभाड बढेको पाइयो, त्यसलाई रोक्न ८ बजेभित्र नै गन्तव्यमा पुगी सक्नुपर्ने गरी निर्णय गरिएको हो ।’ उनले थपे,

सबै प्रकारका सभा, सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, डान्सबार, नाचघर, स्वीमिङ पुल, मनोरञ्जनस्थल, सङ्ग्रहालय, रङ्गशालामा हुने दर्शकसहितका खेलकुद तथा मानिसको भीडभाड हुने अन्य कार्यक्रम गर्न/गराउन पाइने छैन । खुला स्थानमा मानिस भेला हुन, सभा÷जुलुस गर्न, जात्रा महोत्सव, भोज भतेर आदि गर्न/गराउन पनि पाइने छैन । नित्य पूजाबाहेकका धार्मिक एवं सांस्कृतिक कार्यक्रम, भौतिक उपस्थितिमा हुने पठनपाठन पनि गर्न नपाइने आदेशमा उल्लेख छ ।

औषधि तथा स्वास्थ्यसम्बन्धी पसल भने जुनसुकै बेला खोल्न सकिने छ । अन्य पसल, व्यवसाय भने साँझ ७ बजेसम्म मात्रै खोल्न पाइने छ । स्थानीय ढुवानीका साधन बिहान ९ देखि ११ र अपराह्न ४ देखि ७ बजेसम्म मात्र सञ्चालन गर्न पाइने छ । अत्यावश्यक वस्तुको अनलाइन अडर, रेष्टुराँ तथा फाष्टफुड तथा अन्य अडरको हकमा टेक–अवे वा होम डेलिभरी प्रयोजनका लागि साँझ ७ बजेसम्म मात्र सञ्चालन गर्न पाइनेछ ।

सिट क्षमताअनुसारको यात्रु राखेर यातायातका साधन सञ्चालन गर्न भनिएको छ । त्यसरी सञ्चालन गर्दा स्वास्थ्यका मापदण्ड पूर्णपालना गर्नुपर्ने छ । टेम्पु र नीलो माइक्रोमा यसअघि लागू भएको नौ जना मात्रै यात्रु राख्न पाइने र यात्रुको बीचमा प्लाष्टिकको छेकबार लगाउनुपर्ने व्यवस्थालाई कायम राखिएको छ ।

यसअघिको आदेशानुसार लामो दूरीका सवारी साधन मापदण्ड पालना गरेर चलाउन पाइने छ । सार्वजनिक तथा निजी ढुवानीका साधन भने राति ९ बजेदेखि बिहान ५ बजेसम्म मात्रै सञ्चालन गर्न पाइने व्यवस्था छ । परीक्षामा भने एक कोठामा २५ भन्दा बढी राख्न नपाइने र स्वास्थ्यका सबै मापदण्ड पूर्णपालना गर्नुपर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here