Saturday, May 18, 2024
थप

    सरकारले मेडिकल माफियासँग मिलेर नियम विपरित सम्बाेधन दिए आन्दोलन गछौँः डा. केसी

    साउन ४, काठमाडौँ । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले नयाँ सरकारलाई मेडिकल माफियालाई साथ दिएर कमाउधन्दाको माध्यम बनाए आफूहरुले आन्दोलन गर्ने घोषणा गरेका छन् । सोमबार पत्रकार सम्मेलन गर्दै केसीले उक्त कुरा बताएका हुन् ।

    केसीले भने, ‘अघिल्लो सरकारझैं यो सरकारले महामारीलाई कमाउधन्दाको माध्यम नबनाओस् भनेर पनि ध्यानाकर्षण गर्न चाहन्छु ।’

    उनले कोरोनाको परीक्षण, भ्याक्सिन वितरण र उपचारको पर्याप्त व्यवस्था गर्न आग्रह गरे । डा. केसीले देशमा नयाँ सरकार गठन भएसँगै स्वास्थ्य र मेडिकल शिक्षा क्षेत्रमा रहेका विभिन्न समस्याहरु तथा तिनको समाधानका लागि तत्काल, मध्यमकाल र दीर्घकालमा गर्नुपर्ने कामहरुबारे ध्यानाकर्षण गराउनका लागि पत्रकार सम्मेलन आयोजना गरेको बताए ।

    केसीले नेपालमा मेडिकल माफियाहरुले सत्ता फेरिएसँगै नयाँ सरकारलाई आफ्नो प्रलोभनमा पार्ने गरेको भन्दै देशका धेरै निजी मेडिकल कलेजहरुलाई मुठ्ठीभर आपराधिक पृष्ठभूमिका माफियाहरुले लिने क्रम चलिरहेको बताए ।

    सम्बन्धित

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    सम्पर्कमा रहनुहोस्

    0FansLike
    1FollowersFollow
    0SubscribersSubscribe

    भर्खरै