असार ३, काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा सभाषद् समक्ष विश्वासको मत पाएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा १६५ मत प्राप्त भएको छ । पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठकमा उनले आफूलाई विश्वासको मत दिन सांसदहरुलाई आग्रह गरेका थिए ।
सर्वोच्च अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्री घोषणा गर्नु भनी दिएको परमादेश बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले शेरबहादुर देउवालाई संविधानको धारा ७६ (६) बमोजिम प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।
आइतबार प्रतिनिधिसभामा भएको मतदानमा देउवाको पक्षमा १६५ मत परेको छ भने विपक्षमा ८३ मत खसेको छ ।मतदानमा २४९ जना सांसद सहभागी भएका थिए ।
उनको आफ्नै दल नेपाली कांग्रेससँगै माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एमालेको माधवकुमार नेपाल समूह र राष्ट्रिय जनमोर्चाका सांसदले उनलाई मत दिएका हुन् ।
राप्रपा र नेमकिपाका एक–एक सांसदले मतदान गरेनन् ।