Saturday, May 18, 2024
थप

    पछिल्लो २४ घन्टामा १ हजार ८ सय १ जनामा कोरोना संक्रमण, २३ जनाको मृत्यु

    साउन ३, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालभर १ हजार ८०१ जनामा कोरोना भाइरस संक्रमित थपिएका छन् ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६ सय २८ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार २ सय २३ र तीन हजार जनामा गरिएको एन्टिजेन परीक्षणमा ५ सय ७८ जना गरी १ हजार ८ सय १ जनामा कोरोना संक्रमण देखिएको हो ।

    कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा २३ जनाको मृत्यु भएको छ । यस्तै १ हजार ६ सय ६७ जना संक्रमणमुक्त भएका छन् ।
    नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख १६ हजार ४९ पुगेको छ । तीमध्ये ९ हजार ५ सय ५० जनाको मृत्यु भएको छ भने ६ लाख ३२ हजार ७४ जना संक्रमणमुक्त भएका छन् ।

    देशभर रहेका सक्रिय संक्रमितमध्ये २२ हजार ८ सय ३४ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ६ सय ५१ जना संस्थागत आइसोलेसनमा रहेका छन् । तीमध्ये ५ सय ६१ जनाको आईसीयू र १ सय ६५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

    सम्बन्धित

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    सम्पर्कमा रहनुहोस्

    0FansLike
    1FollowersFollow
    0SubscribersSubscribe

    भर्खरै