Home समाचार मुख्य समाचार प्रधानमन्त्री शेरबहादुर देउवा आज बालुवाटारको सरकारी निवासमा सर्दै

प्रधानमन्त्री शेरबहादुर देउवा आज बालुवाटारको सरकारी निवासमा सर्दै

0
प्रधानमन्त्री शेरबहादुर देउवा आज बालुवाटारको सरकारी निवासमा सर्दै

साउन १, काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा आज बालुवाटारस्थित सरकारी निवासमा सर्दैछन् । उनी आज बिहान १० बजे बालुवाटारस्थित निवासमा सर्न लागेको उनको सचिवालयले जनाएको छ ।

गत मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएका देउवा बुढानीलकण्ठस्थित निजी निवासमा बस्दै आएका छन् । स्रोतले भन्यो, ‘आज साउने संक्रान्तिको दिन पनि पर्यो, सामान्य पूजापाठ गरेर उहाँ बालुवाटार निवास सर्नुहुन्छ ।’

देउवा मंगलबार साँझ प्रधानमन्त्री नियुक्त भएपछि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बालुवाटारस्थित सरकारी निवास छाडेर बालकोटस्थित निजी निवासमा सरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here