Home समाचार मुख्य समाचार बाह्य मुलुकसँग सस्तोमा किनेर नेपाली उपभोक्तालाई महँगोमा बेच्नु हुन्नः प्रधानमन्त्री

बाह्य मुलुकसँग सस्तोमा किनेर नेपाली उपभोक्तालाई महँगोमा बेच्नु हुन्नः प्रधानमन्त्री

0
बाह्य मुलुकसँग सस्तोमा किनेर नेपाली उपभोक्तालाई महँगोमा बेच्नु हुन्नः प्रधानमन्त्री

असार २१, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशीलाई बेच्ने विद्युतभन्दा नेपाली उपभोग गर्ने विद्युतको मूल्य महँगो हुन नहुने बताएका छन् । माथिल्लो तामाकोशीको आयोजनाको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै उक्त कुरा बताएका हुन् । ओलीले विद्युत आपूर्तिका कारणले यस्तो भइरहेको भन्दै यस पक्षमा के गर्न सकिन्छ भनेर सरकारले ब्रिफिङ लिइरहेको बताए ।

बालुवाटारबाट माथिल्लो तामाकोशी आयोजनाको भर्चुअल उद्घाटन गर्दै उनले नेपालका उद्योगमा विद्यत् उपभोगमा बढावा दिन पनि बिजुलीको मूल्य घटाउन आवश्यक रहेको बताए ।

‘ओलीले भने, ‘देशभित्रै बिजुली बढी खपत हुँदा बहुआयामिक लाभ प्राप्त हुन्छ ।’ उनले थपे, ‘तामाकोशीबाट पूर्ण क्षमतामा विद्युत उत्पादन सुरु भएपछि खाना पकाउन विद्युतको प्रयोग बढाउने वातावरण पनि तयार हुन्छ ।’

उनले निर्माण अवधिको ब्याजतर्फ १८ अर्ब र लागत मात्रै १७ अर्ब गरेर ३५ अर्ब बढेको भन्दै तामाकोशी निर्माण गर्न लाग्ने लागत बराबरकै लागत बढ्नु दुःखको कुरा भएको बताए । यसबाट सिकेर भविष्यमा आयोजनाहरु कार्यान्वयन गर्नुपर्ने उनले बताए । विद्युत आपूर्तिमा गडबडी हुने गरेको भन्दै उनले विश्वसनयि आपूर्तिका लागि काम गर्नुपर्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here