Saturday, May 18, 2024
थप

    म्याग्दीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

    असार १७, म्याग्दी । म्याग्दी जिल्लाको मङ्गला गाउँपालिका–२ मिठौलामा बुधबार राति जिप दुर्घटना हुँदा उक्त जिपमा सवारमध्ये दुई जनाको मृत्य भएको छ । सिमलचौरदेखि पूर्णगाउँतर्फ जाँदै गरेको ग १ ज ७६५२ नम्बरको जिप घुम्तीबाट खस्दा थप छ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

    प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले जिप दुर्घटनाबाट मङ्गला–१ पूर्णगाउँकी १९ वर्षीया सबिना भण्डारी र १५ वर्षका विमल विकको मृत्यु भएको पुष्टि भएको बताए । राईले भने, ‘मृतकलाई बेनी अस्पताल पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए । घाइते अन्य ६ जनाको बेनी अस्पतालमा उपचार भइरहेको छ ।’ घाइते र मृतक सबै मङ्गला गाउँपालिका–१ का हुन् ।

    राति सवा आठ बजेतिर दुर्घटना भएको थियो । जिप सडकदेखि करिब ५०० मिटर तल खोल्सामा खसेको थियो । घाइतेको स्थानीयबासी र प्रहरीले उद्धार गरेर बेनी पठाएका थिए । सिमलचौर–मिठौला–पूर्णगाउँ मङ्गलाको केन्द्र बाबियाचौरदेखि वडा नं १ लाई जोड्ने वैकल्पिक सडक हो ।

    दुर्घटनाबारेमा थप अनुसन्धान शुरु गरिएको प्रहरी निरीक्षक विक्रमराज गुरुङले बताए ।

    सम्बन्धित

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    सम्पर्कमा रहनुहोस्

    0FansLike
    1FollowersFollow
    0SubscribersSubscribe

    भर्खरै