Monday, September 9, 2024
थप

    जर्मनलाई २–० गोलको अन्तरले पराजित गर्दै इङ्गल्याण्ड क्वाटरफाइनलमा प्रवेश

    असार १६, लन्डन । इंग्ल्यान्डले मंगलबार युरो २०२० मा जर्मनीमाथि २–० को ऐतिहासिक जित हात पारेर क्वाटरफाइनलमा प्रवेश गरेको छ । यी दुई समूहको खेलमा जर्मनको प्रभाव राम्रो थियो तर मंगलबारको खेलमा भने जर्मनले नराम्रो हार बेहोर्नु परेको छ ।

    नकआउट चरणमा गेराथ साउथगेटको इंग्ल्यान्डले आफ्नो परम्परागत प्रतिद्वन्द्वीलाई हराएको यो ५५ वर्षयता पहिलो पल्ट हो । सन् १९६६ को विश्वकप फाइनलपछि इंग्ल्यान्डले पहिलो पल्ट जर्मनीलाई ठूलो प्रतियोगिताको नकआउट चरणमा हराएको हो । जर्मनमाथिको इंग्ल्यान्डको जित अहिलेसम्मको सबैभन्दा ठूलो सफलता हो ।

    इंग्लिस गोलरक्षक जोर्डन पिकफोर्डविरुद्ध ‘वान टु वान’ स्थितिमा मुलरको प्रहार बाहिरिएको हो । यसैक्रममा इंग्ल्यान्ड युरो इतिहासमा सुरुवाति चार खेलमा कुनै गोल नखाने दोस्रो टिम पनि भएको छ । सन् २०१६ मा संयोगले यस्तै बलियो रक्षापंक्तिको नमुना पेस गरेका थिए । सन् १९६६ को विश्वकपमा पनि इंग्ल्यान्डले सुरुका आफ्ना चार खेलमा कुनै गोल खाएको थिएन ।

    सम्बन्धित

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    सम्पर्कमा रहनुहोस्

    0FansLike
    1FollowersFollow
    0SubscribersSubscribe

    भर्खरै