Tuesday, February 11, 2025
थप

    सार्वजनिक यातायात फाट्टफुट्ट सडकमा निस्किएः व्यवसायीले भने, ‘यही अवस्थामा तत्काल सवारी चलाउन सक्दैनाैँ’

    असार १५, काठमाडौँ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका सिडिओहरूले आजदेखि २५ सिट भन्दा बढी क्षमता भएका सार्वजनिक बस सञ्चालन गर्न निर्देशन दिएको छ । काठमाडाैँ उपत्यकाका प्रजिअकाे निर्णयअनुसार पालना गर्दै आज फाट्टफुट्ट सवारी साधन सडकमा निस्किए ।

    मंगलबार बिहान शुभकामना यातायात, मयुर यातायात, चन्द्रागिरि यातायात, नेपाल यातयात, महासागर यातायात र सिटी यातायातका केही बस सडकमा देखिए। बस कम भए पनि यात्रु चाप भने अत्याधिक थियो ।
    तेलको भाउ घटे वा गाडी भाडा वैज्ञानिक प्रणालीअनुसार समायोजन भए मात्रै थन्किएका गाडी सञ्चालन गर्न सकिने सातायात व्यवसायीले बताएका छन् ।

    सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले बस निकालेपछि कर्मचारीलाई तलब दिनुपर्ने तथा ऋणको किस्ता तिर्न ताकेता आउने तर त्यसको लागि सरकारले केही सहजीकरण नगरेको बताए ।
    थापाले विद्युत बस पनि चलाउन नसक्ने अवस्था छ । प्राधिकरणले प्रति युनिट ५ रुपिँयाका दरले भुक्तानी गर्ने भनिए पनि ९ रुपियाँ प्रतियुनिटका दरले बिल पठाएकोले प्राधिकरणले नै विद्युत बस नचलाओस् भन्ने हेतुले व्यवहार गरेको बताए ।

    बस सञ्चालनका लागि सरकारले बिहान छ बजेदेखि बेलुकी सात बजेसम्म समय तोकेको छ। तर यात्रु पाउने समय बेलुकी आठ बजेसम्म भएकाले उपयुक्त नभएको उनले बताए। त्यसमाथि जोर–बिजोर प्रणालीमा सञ्चालन गर्दा यात्रुको चाप हुने र त्यसले कोभिड जोखिम बढ्ने भएकाले समस्या निम्तिएको थापाको भनाइ छ।

    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले सरकारको निर्णय अवैज्ञानिक र अव्यावहारिक भएकाले सार्वजनिक बसहरू सञ्चालनमा समस्या देखिएको बताए।

    सरकारले यातायात क्षेत्रका श्रमिकलाई खोप व्यवस्था नगरेकाले पनि बसहरू सञ्चालनमा समस्या निम्तिएको उनको भनाइ छ।

    सम्बन्धित

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    सम्पर्कमा रहनुहोस्

    0FansLike
    1FollowersFollow
    0SubscribersSubscribe

    भर्खरै