Home समाचार मुख्य समाचार १८ गतेदेखि सबै सार्वजनिक सवारी चलाउने घोषणा, यातायात व्यवसायीहरूको विज्ञप्तिसहित

१८ गतेदेखि सबै सार्वजनिक सवारी चलाउने घोषणा, यातायात व्यवसायीहरूको विज्ञप्तिसहित

0
१८ गतेदेखि सबै सार्वजनिक सवारी चलाउने घोषणा, यातायात व्यवसायीहरूको विज्ञप्तिसहित
lbFp;f]sf] ;dodf /Tgkfs{ If]qdf ePsf] 6«flkms hfd . tl:a/ c+ub 9sfn . sflGtk'/

असार १४, काठमाडौं । विभिन्न यातायात व्यवसायी र मजदुरहरुले सरकारी निर्णयको अवज्ञा गर्दै सबै सार्वजनिक सवारी चलाउने निर्णय गरेका छन् । सरकारले लिएको नीति र गरेका निर्णयमाथि विभिन्न ध्यानाकर्षणहरु जनाउँदै व्यवसायी र महजदुरका चार संगठनहरुले असार १८ गतेदेखि सबै सार्वजनिक सवारी चलाउने निर्णय गरेका हुन् ।

उपत्यकाको स्थानीय प्रशासनले आजबाट उपत्यकामा निषेधाज्ञा खुकुलो गर्दै २५ सिटभन्दा माथिका सार्वजनिक सवारी चलाउन दिने निर्णय गरेको थियो । तर, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायत मजदुर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले असार १८ गतेदेखि मापदण्ड अपनाएर सबै सार्वजनिक सवारी चलाउने निर्णय गरेको यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए ।

ठूला बस मात्रै चल्न दिने निर्णयले साना व्यवसायी र त्यसमा कार्यरत मजदुरहरु ऋण र रोजीरोटीको समस्या परेको, ‘जोर बिजोरमा सार्वजनिक यातायात चलाउँदा भीड बढ्छ, भीडलाई गाडी चढ्नबाट रोक्न सकिन्न, अनि ट्राफिकले त्यही बाहानामा चिट काट्छ । उनले भने, ’सबै सार्वजनिक सवारी चल्न दिएमा भीड पनि कम हुन्छ, व्यवसायी र स्वरोजगार मजदुरको समस्या पनि हल गर्न सघाउ पुग्छ ।’

सार्वजनिक सवारीको वैज्ञानिक भाडा समायोजन गरेर तुरुन्तै सार्वजनिक सवारी चलाउने वातावरण बनाउन महासंघसहित मजदुर संगठनहरुले माग गरेका छन् ।

‘हामी ऋण र व्याज तिर्न नसकेर समस्या फसेकाहरुमाथि अन्याय भए सार्वजनक सवारी असार १८ गतेदेखि सबै चल्छन्,’ सिटौलाले भने,’हामीले त्यसअघि नै सरकारले उचित तवरले सम्बोधन गर्छ भन्ने अपेक्षा गरेका छौं ।’

विज्ञप्ति

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here