Home समाचार मुख्य समाचार उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दै, निषेधाज्ञा बढाउने तयारी

उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दै, निषेधाज्ञा बढाउने तयारी

0
उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दै, निषेधाज्ञा बढाउने तयारी

सञ्चार हाउस, असार १३ काठमाडौं ।

काेभिड १९ का कारण हालसम्म जारी रहेको निषेधाज्ञा पुन: थप हुने भएको छ । यसबारे निर्णय लिन आइतबार अपरान्ह ४ बजे तीन प्रमुख जिल्ला अधिकारीको बैठक बस्दैछ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले थप केही क्षेत्रलाई सहजीकरण गर्ने गरी निषेधाज्ञा थपबारे निर्णय लिइने बताए ।

प्रशासनले गत वैशाख १६ गते देखि निषेधको आदेश दिएको थियो । श्रृंखलावद्ध रुपमा थपिएको निषेधाज्ञा गत हप्ताबाट खुकुलो पारिएको थियो । हाल प्रशासनले निजी सवारीसाधन र ट्याक्सीलाई जोर-विजोर प्रणालीमा चल्न दिइरहेको छ ।

यातायात व्‍यवसायीहरुले सार्वजनिक यातायात समेत चल्‍न दिनु पर्ने माग गरे पनि प्रशासन त्यस विषयमा निष्कर्षमा पुगिसकेको छैन। स्वास्थ्य मन्त्रालयले पनि अहिल्यै सार्वजनिक यातायात खोल्नु घातक हुने बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here