Tuesday, February 11, 2025
थप

    खोटाङमा चट्याङ लागेर अगमबहादुर राईको मृत्यु, छोरी र नातिनी घाइते

    असार ९, काठमाडौँ । खोटाङका अगमबहादुर राईको चट्याङमा परेर मृत्यु भएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ निबासी छितापोखरी बास्तलाका ६९ वर्षीय अगमबहादुर राईको मृत्यु भएको हो । आफ्नै घरमा चिया पिइरहेका समयमा आज परेको चट्याङले राईको घटनास्थलमै मृत्यु भएको हो ।
    चट्याङले राईकी छोरी ४५ वर्षीया तारा र नातिनी १४ वर्षीया रचना बेहोश भएको स्थानीय बासिन्दा नारायण राईले जानकारी दिए। घाइते दुवैको सामान्यावस्था रहेको जनाइएको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय खोटाङबजार र अस्थायी प्रहरी चौकी छितापोखरीबाट प्रहरी खटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले जानकारी गराए । शव परीक्षणका लागि जिल्ला अस्पताल दिक्तेल ल्याउने तयारी गरिएको जनाइएको छ ।
    दश स्थानीय तह रहेको जिल्लामा चट्याङबाट जोगिन विभिन्न ठाउँमा अर्थिङ जडान गरिएको छ । चट्याङको उच्च जोखिममा रहेको खोटाङमा हरेक वर्ष जनधनको क्षति भएपछि नियन्त्रण गर्न स्थानीय तहले विभिन्न स्थानमा अर्थिङ जडान गरेका हुन् ।

    सम्बन्धित

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    सम्पर्कमा रहनुहोस्

    0FansLike
    1FollowersFollow
    0SubscribersSubscribe

    भर्खरै