Home कला-साहित्य ‘खेम शर्माको ‘स्वर्णिम रहस्य’ पुस्तक सार्वजनिक

‘खेम शर्माको ‘स्वर्णिम रहस्य’ पुस्तक सार्वजनिक

0
‘खेम शर्माको ‘स्वर्णिम रहस्य’ पुस्तक सार्वजनिक

असार ९, सिड्नी । खेम शर्माको ‘स्वर्णिम रहस्य’ पुस्तक सार्वजनिक भएको छ ।

अष्ट्रेलियाको राजधानी सिड्नीको रक्डेलस्थित इन्द्रेणी फक्सन सेन्टरमा नेपाल पत्रकार सङ्घ अष्ट्रेलियाले आज आयोजना गरेको कार्यक्रममा पूर्व राजदूत महेश दाहालले पुस्तक विमोचन गरेका हुन् । दाहालले भने, ‘शर्माले स्वर्णिम रहस्य पुस्तकमा आफूले जीवनमा भोगेका कुरा आम मानिसका लागि प्रेरणाका रुपमा पुस्तकमा प्रस्तुत गर्नुभएको छ ।’

न्यू साउथ वेल्सका अवैतनिक महावाणिज्यदूत दीपक खड्का, अष्टे«लियामा रहनुभएका नेपाली समाजसेवीहरु डा नारायण प्रधान, इन्द्रा वन,अध्यात्म उत्प्रेरक योग गुरु आचार्य राजन शर्मा, पत्रकारत्रय हेमन्त काफ्ले, मनऋषि धिताल, ऋषि आचार्य, गैर अवासीय नेपाली सङ्घका प्रतिनिधिलगायतले पुस्तकको बारेमा आफ्ना विचार राखेका थिए । पुस्तकको मूल्य २० डलर राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here