Monday, September 9, 2024
थप

    कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयः विपक्षी गठबन्धन बलियो बनाएर अगाडि बढ्ने

    असार ४, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले विपक्षी गठबन्धनलाई बलियो बनाएर निरन्तरता दिने निर्णय गरेको छ । लोकतन्त्र र संविधानको रक्षाका लागि पाँच दलीय गठबन्धनलाई थप मजवुत बनाएर लोकतन्त्र र संविधानको रक्षामा लाग्नुपर्ने कांग्रेस केन्द्रीय कार्यसमितिले निकर्ष निकालेको छ ।

    कांग्रेसको नेतृत्वमा नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह, जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाले विपक्षी गठबन्धन बनाएका छन् । पछिल्लो समय गठबन्धनले हरेक विषय साझा धारणा बनाउन थालेपछि कांग्रेसका केही नेताहरुले प्रश्न उठाएका थिए ।

    केन्द्रीय सदस्य महेश आचार्यले पार्टीमा छलफलै नगरी एकलौटी रुपमा गठबन्धनको आएकोमा प्रश्न उठाएका छन् । डा. शेखर कोइरालाले गठबन्धनप्रति असन्तुष्टि जनाउँदै आएका थिए।

    शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले भने गठबन्धनमा आबद्ध दलहरुसँगको सहकार्यलाई अगाडि बढाउने औपचारिक निर्णय गरेको छ । केन्द्रीय सदस्य एनपी साउदले भने, ‘दलहरुबीचको सहकार्यलाई अगाडि बढाउने प्रस्ताव आजको केन्द्रीय समितिले अनुमोदन गरेको छ । साउद थपे, ‘लोकतन्त्र र संविधान जोगाउन कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा रहेको गठबन्धनलाई निरन्तरता दिने निर्णय भएको छ ।’

    कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले १४औं महाधिवेशनको संशोधित कार्यतालिका पनि अनुमोदन गरेको छ । अब साउन १२ गते वडा अधिवेशन हुनेछ भने केन्द्रीय महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा हुनेछ ।

    सम्बन्धित

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    सम्पर्कमा रहनुहोस्

    0FansLike
    1FollowersFollow
    0SubscribersSubscribe

    भर्खरै