Home समाचार मुख्य समाचार भारत उपचार गर्नु जानुभन्दा अघि खनालले के भने ? (प्रेस वक्तव्यसहित)

भारत उपचार गर्नु जानुभन्दा अघि खनालले के भने ? (प्रेस वक्तव्यसहित)

0
भारत उपचार गर्नु जानुभन्दा अघि खनालले के भने ? (प्रेस वक्तव्यसहित)

असार २, काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टी एकताका लागि सम्पूर्ण कम्युनिष्ट नेताहरुलाई आह्वान गरेका छन्। विभाजन होइन एकता गर्ने कार्यमा अगाडि बढौं भन्दै सबैमा उनले आह्वान गरेका छन्।
खनाल यसअघि कोरोना लागेर नर्भिक अस्पतालमा उपचार गरेपछि घर फर्केका थिए । पछि पुन उच्च ज्वरोको समस्या देखिएपछि नर्भिकमै भर्ना भएका थिए । नर्भिकबाट रिफर गरेपछि खनाल भारतको एपोलो अस्पतालमा उपचारका लागि गएका छन् ।
उनले सफल उपचारपछि आफू स्वदेश फर्किने बताएका छन्। देशको अव्यवस्थित भएको राजनीतिक अवस्थाले आफूलाई चिन्तित बनाएको पनि खनालको भनाइ छ।
फुट विनाशको बाटो भएकोले एकता गर्नुपर्ने उनको भनाइ छ। फुटबाट पार्टीलाई जोगाउन एकतावद्ध पार्न नेता तथा कार्यकर्तामा खनालले आह्वान गरेका छन्।
यस्तो छ प्रस वक्तव्यः

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here