Saturday, December 9, 2023
थप

    लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)

    असार २, काठमाडाैँ ।

    १. ‘युरोकप २०२०’ मा कति राष्ट्रको सहभागिता रहेको छ ?
     २४ ।
    – युईएफएले चार वर्षअघि नै सहभागी देशको सङ्ख्या १६ बाट २४ पु-याउने निर्णय गरेको ।
    – ११ देशका ११ सहरमा युरोकप २०२० सञ्चालन भएको ।

    २. मिस युनिभर्स–२०२० को उपाधि जित्ने सुन्दरी को हुन् ?
     एन्ड्रिया मेजा (मेक्सिको) ।
    – ६९औँ संस्करणको मिस युनिभर्स प्रतिस्पर्धामा सहभागी ७३ देशका सुन्दरीलाई पछाडि पार्दै २६ वर्षीया सफ्टवेयर इन्जिनियर एन्ड्रियाले सो उपाधि जितेकी ।
    – सन् २०२१ मे १६ मा सम्पन्न प्रतियोगितामा ब्राजिलकी जुलिया गामा फस्ट र पेरुकी ज्यानिक मासेटा सेकेन्ड रनरअप भएका ।

    ३. चलचित्र क्षेत्रको विश्वकै प्रतिष्ठित ओस्कार एकेडेमी अवार्डको ९३औँ संस्करणमा सर्वोत्कृष्ट चलचित्र कुन घोषित भयो ?
     नोम्याडल्यान्ड ।
    – सर्वोत्कृष्ट घोषित अन्य विधा÷कलाकार
    – सर्वोत्कृष्ट अभिनेता ः एन्थनी हकिन्स (द फादर)
    – सर्वोत्कृष्ट अभिनेत्री ः फ्रान्सेस म्याक डोरम्यान्ड (नोम्याडल्यान्ड)
    – सर्वोत्कृष्ट निर्देशक ः लो झाओ ( नोम्याडल्यान्ड)
    – सर्वोत्कृष्ट सहअभिनेता ः डेमियल कलुया (जुडस एन्ड द ब्ल्याक मसिह)
    – सर्वाेत्कृष्ट सहअभिनेत्री ः युन यु जङ (मिनारी)
    – सर्वोत्कृष्ट गीत ः ‘फाइट फर यु’ बोलको गीत (जुडास एन्ड द ब्ल्याक मसिह)
    – सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्म अवार्ड ः एनोदर राउन्ड
    – सर्वोत्कृष्ट एनिमेटेड फिचर फिल्म ः सोल
    – सर्वोत्कृष्ट एनिमेटेड सर्ट फिल्म ः इफ एनिथिङ ह्यापन आई लभ यू
    – सर्वोत्कृष्ट लाइभ एक्सन आर्ट फिल्म ः टु डिस्टेन्ट स्ट्रेन्जर्स
    – सर्वोत्कृष्ट डकुमेन्ट्री सर्ट सब्जेक्ट ः कोलेट
    – सर्वोत्कृष्ट डकुमेन्ट्री फिचर फिल्म ः माई अक्टोपस टिचर
    – सर्वोत्कृष्ट एडप्टेड स्क्रीन प्ले ः द फादर
    – सर्वोत्कृष्ट छाँयाकार ः एरिक मेसेर्स मिडट (चलचित्र ः म्याक)
    – सर्वोत्कृष्ट भिजुअल इफेक्ट ः चलचित्र टेनेट
    – सर्वोत्कृष्ट सम्पादन एवम् ध्वनि ः चलचित्र साउन्ड अफ मेटल

    ४. साइप्रसमा पहिलो महिला सभामुख बन्न सफल राजनीतिज्ञ को हुनुहुन्छ ?
     अन्निटा डिमेट्रिओ ।

    – सन् १९६० मा स्वतन्त्र भएको साइप्रसको दोस्रो सर्वाधिक शक्तिशाली पदमा डिमेट्रिओ चयन भएकी ।
    – बेलायतको उपनिवेशबाट मुक्त भएपछिका ६१ वर्षमा धेरै महिला सदस्यले राजनीतिक पद प्राप्त गरे पनि डिमेट्रिओले प्राप्त गरेको यो पद सबैभन्दा माथिल्लो हो ।

    ५. पत्रकारिता क्षेत्रमा अमेरिकाकै सबैभन्दा सम्मानित मानिने पुलित्जर पुरस्कार २०२१ कसलाई प्रदान गरियो ?
     मेघाराजागोपालन (भारतीयमूलकी पत्रकार), एलिसन किल्लङ र क्रिस्टो बस्चेक
    (सन् २०२१ का लागि अन्तर्राष्ट्रिय समाचार लेखन विधातर्फ जुन ११ मा पुलित्जर बोर्डले सो पुरस्कार घोषणा गरेको ।)

    ६. ललितपुर गोदावरीमा निर्मित अन्तर्राष्ट्रिय स्तरको सम्मेलन केन्द्रको उद्घाटन कहिले गरिएको हो ?
     विक्रम संवत् २०७८ वैशााख ३१ ।
    – प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा सरकारी निवास बालुवाटारबाट स्वीच थिचेर भर्चुअल रूपमा सम्मेलन केन्द्रको उद्घाटन गरिएको ।
    – एउटै हलमा एकैपटक तीन हजार मानिस बसेर सभा–सम्मेलन गर्न सकिने यो सम्मेलन केन्द्र देशकै ठूलो सम्मेलन केन्द्र रहेको जनाइएको ।

    ७. गण्डकी प्रदेशको मुख्यमन्त्रीमा को नियुक्त हुनुभएको छ ?
     कृष्णचन्द्र नेपाली पोखरेल (२०७८ जेठ २९) ।

    – गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलद्वारा संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरिएको ।
    – यसअघि पोखरेल गण्डकी प्रदेशसभामा विपक्षी दलको नेता ।
    – तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले २०७८ जेठ २७ मा गण्डकी प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न नसकेपछि प्रदेश प्रमुख पौडेलद्वारा बहुमत प्राप्त गर्ने आधारसहित मुख्यमन्त्रीमा दाबी गर्न आह्वान गरिएको । विपक्षी गठबन्धनका तर्फबाट मुख्यमन्त्रीमा पोखरेलको दाबी परेको थियो ।

    ८. नेपाल विज्ञापन सङ्घद्वारा विज्ञापन दिवस कहिले मनाइयो ?
     जेठ ३० ।
    (नेपाल विज्ञापन सङ्घ (आन)ले सङ्घको स्थापना दिवसको अवसर पारी जेठ ३० लाई एड–डे का रूपमा मनाउन थालेको ।)

    ९. ‘शमशेर’ उपाधि लिने पहिलो व्यक्ति को हुनुहुन्थ्यो ?
     वीरशमशेर ।

    १०. कुन सन्धिपश्चात् नेपालको सिमाना पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म कायम भएको हो ?
     सुगौली सन्धि ।

    ११. गौतम बुद्धको सारथिको नाम छन्क हो भने घोडाको नाम के हो ?
     कन्थक ।

    १२. नेपालमा वैदेशिक सहयोगको संस्थागत सुरुवात कहिलेदेखि भएको हो ?
     सन् १९५१ ।
    १३. इन्फ्ल्यासन भन्नाले के बुझिन्छ ?
     लगातार मूल्यवृद्धि हँुदै जानेक्रम वा अवस्था ।

    १४. राष्ट्र बैङ्कद्वारा विक्रम संवत् २०७८ वैशाख ८ मा प्रकाशित प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी प्रतिवेदनअनुसार हाल नेपालमा कुल वैदेशिक लगानी कति छ ?
     एक खर्ब ८२ अर्ब ९१ करोड ९६ लाख ।
    – कुल विदेशी लगानीमध्ये चुुक्ता पुँजी ८८ अर्ब (४८.२ प्रतिशत), सञ्चितीका रूपमा ७८ अर्ब (४२.८ प्रतिशत) तथा ऋणका रूपमा १६ अर्ब (९ प्रतिशत) रहेको ।
    – प्रत्यक्ष वैदेशिक लगानीमा सबैभन्दा धेरै हिस्सा (३० प्रतिशत) भारतको रहेको । भारतपछि चीनको हिस्सा १५ प्रतिशत रहेको । मुलुकमा विदेशी लगानी भित्रिने तेस्रो ठूलो मुलुक ‘ट्याक्स हेवन’ सेन्ट किट्स एन्ड नेभिस रहेको । नेपालमा हालसम्म त्यस मुलुकको लगानी २४ अर्ब ९३ करोड (कुल विदेशी लगानीको १३.६ प्रतिशत) रहेको । सोपश्चात् नेपालमा लगानी हुने प्रमुख मुलुकमा आयरल्यान्ड, सिङ्गापुर, अस्ट्रेलिया, युएई, बङ्गलादेश, दक्षिण कोरिया, अमेरिकालगायतका मुलुक रहेका । तर, कुल वैदेशिक लगानीमा ती कुनैको पनि हिस्सा १० प्रतिशतभन्दा माथि नरहेको ।
    – प्रतिवेदनअनुसार मुलुकमा हालसम्म ५३ मुलुकबाट विदेशी लगानी भित्रिएको ।

    १५. पुँजी बजारको नियमन निकायका रूपमा नेपाल धितोपत्र बोर्डको स्थापना कहिले भएको हो ?
     विसं २०५० जेठ २५ ।

    १६. सन् १९८७ मा ब्रुटल्यान्ड आयोगद्वारा पेस गरिएको प्रतिवेदनको नाम के हो ?
     हाम्रो साझा भविष्य ।

    १७. नेपाल विश्व संरक्षण सङ्घ (आईयूसीएन) को सदस्य कहिले भएको हो ?
     सन् १९७३ ।

    १८. फाउन्टेन पेनको आविष्कार वाटरमेनले गरेका हुन् भने हवाईजहाजको आविष्कार कसले गरेका हुन् ?
     ओरभिल राइट र विलभर राइट ।

    १९. टाइटानिक नामक समुद्री जहाज कहिले दुर्घटनाग्रस्त भएको थियो ?
     सन् १९१२ अप्रिल १४ ।
    (सन् १९१२ अप्रिल १० मा बेलायतको साउथ ह्याम्पटनबाट न्युयोर्कका लागि प्रस्थान गरेको सो जहाज चार दिनको यात्रापछि १४ अप्रिलमा एक ठूलो हिमशिलामा ठोक्किएर डुब्दा १५ सयभन्दा बढी यात्रुको निधन भएको थियो । टाइटानिक त्यो बेलाका समुद्री जहाजमध्ये सबैभन्दा सुविधासम्पन्न र विलासी रहेको बताइन्छ । चीनमा अहिले सोही विश्वविख्यात जहाज ‘टाइटानिक’को प्रतिकृति बनाउन थालिएको छ ।)

    २०. चितवनको माडीस्थित अयोध्यापुरीमा राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति कहिले स्थापना गरिएको हो ?
     विसं २०७८ वैशाख ८ ।
    – ती मूर्ति रामनवमीको दिन पारेर वैशाख ८ मा प्राणप्रतिष्ठा गरिएको ।
    – भरतपुरदेखि झन्डै ४५ किलोमिटर दक्षिण–पश्चिममा रहेको माडी नगरपालिका–९ स्थित गणेशगुञ्जमा मन्दिर निर्माण गरी मूर्ति राखिएको ।

    २१. सन् २०२२ को शीतकालीन ओलम्पिक खेलकुद प्रतियोगिता कहाँ हुने भएको छ ?
     बेइजिङ, चीन ।

    २२. सूर्यदेखि पृथ्वी कति किलोमिटर टाढा रहेको छ ?
     १४ करोड ८८ लाख किमि ।

    २३. विश्वको सबैभन्दा अग्लो एन्जेल नामक झरना कहाँ
    रहेको छ ?
     दक्षिण अमेरिकाको भेनेजुयला ।

    २४. विश्वको सबैभन्दा गहिरो सागर कुन हो ?
     क्यारेबियन सागर ।

    २५. विसं २०७८ वैशाखमा सम्पन्न नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा राष्ट्रिय फिचर फिल्मको अवार्ड कुन चलचित्रले जित्यो ?
     आमाखान्डो ।
    (पुरस्कार राशि ः रु. १ लाख) ।
    – त्यसैगरी, गौतम बुद्ध अवार्ड १५ सय डलरसहित भारतीय फिल्म डिक्सनेरीले जितेको ।

    २६. ‘मरुभूमिको हीरा’ भनेर चिनिने राष्ट्र कुन हो ?
     लिबिया ।

    २७. टाई लगाउने चलन कुन देशबाट सुरु भएको हो ?
     फ्रान्स ।

    २८. सार्कको नीति तर्जुमा गर्ने कार्य कुन अङ्गले गर्छ ?
     मन्त्रिपरिषद् ।

    २९. सूचनाको हकसम्बन्धमा अभ्यास गर्ने विश्वको पहिलो राष्ट्र कुन हो ?
     स्वीडेन
    – स्वीडेनले सन् १७६६ मा सूचना पहुँचका लागि संविधानमै व्यवस्था गरेको ।
    – संयुक्त राष्ट्रसङ्घले स्थापनाको दोस्रो वर्षमै सन् १९४६ मा पारित गरेको प्रस्ताव ५९ (१) मा सूचनाको हकसम्बन्धी व्यवस्था रहेको ।
    – संयुक्त राज्य अमेरिकाले सन् १९६६ मा सूचनाको हकको कानुन बनाई लागू गरेको ।
    – सूचनाको अधिकारमा युरोपेली सङ्घले सन् १९८० को दशकमा सदस्य राष्ट्रलाई तिनीहरूका सार्वजनिक संस्थालाई निर्देश गरेको ।

    ३०. राजधानीमा आयोजित नवौँ नेपाल अफ्रिका फिल्म फेस्टिभल २०२१ मा उत्कृष्ट वृत्तचित्रको उपाधि कुन चलचित्रले जित्यो ?
     सहायक श्रीमान् (को हजबेन्ड) ।
    – गणेश पाण्डेद्वारा निर्देशित तथा शारदा गैरेनिर्मित बहुपतिप्रथामा आधरित वृत्तचित्र सहायक श्रीमान् उत्कृष्ट ठहरिएको ।
    – कथानक फिल्मतर्फ आमा (हिमाल उप्रेतीनिर्देशित तथा भूपेन् कुमार खड्का निर्मित) उत्कृष्ट घोषित भएको । फिल्म वृद्ध आमाबुवालाई वृद्धाश्रममा राख्नेको कथामा आधारित रहेको ।

    स्राेतः गाेरखापत्र (प्रस्तुतकर्ता : टङ्क केसी)

    सम्बन्धित

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    सम्पर्कमा रहनुहोस्

    0FansLike
    1FollowersFollow
    0SubscribersSubscribe

    भर्खरै