Saturday, May 18, 2024
थप

    पहिराले घर पुरिँदा पाल्पाका १९ वर्षीय किशोरको मृत्यु

    असार २, पाल्पा । अबिरल वर्षाका करण मंगलबार आएको पहिरोले घर पुरिँदा १९ वर्षीय युवकको मृत्यु भएको छ । पहिरोमा परी घर पुरिँदा पाल्पाको रिब्दीकोट गाउँपालिका–४ मन्छिपका १९ वर्षीय किशोर मदन भट्टराईको मृत्यु भएको छ ।
    प्रहरी चौकी हार्थोक र स्थानीयबासीले उद्धार गरी उपचारका लागि पाल्पा अस्पताल पठाएका थिए । उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए। शव परीक्षण गरी शव आफन्तलाई बुझाइएको छ । घटनास्थलको मुचुल्का बनाई क्षतिको विवरण लिने कार्य भइरहेको हार्थोक प्रहरी चौकीका प्रमुख कृष्ण रेग्मीले जानकारी दिए। लामो समयदेखि परिरहेको लगातार वर्षाका कारण ग्रामीण भेगका धेरै घर जोखिममा परेका छन् ।

    सम्बन्धित

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    सम्पर्कमा रहनुहोस्

    0FansLike
    1FollowersFollow
    0SubscribersSubscribe

    भर्खरै