Monday, September 9, 2024
थप

    वर्षा मौसममा छालाको हेरचाह

    नेपालमा मनसुनको आगमन भएको छ । वर्षाले गर्मीबाट राहत दिने त छँदै छ, शरीरमा आद्रता र शीतलता समेत प्रदान गर्छ । यद्यपि यो मौसममा अन्य मौसममा जसरी शरीरको हेरचाह गरेर हुँदैन । खानपान एवं अन्य जीवनशैलीमा ल्याउने परिवर्तनजस्तै सौन्दर्यको स्याहारमा पनि केही परिवर्तन गर्नु आवश्यक हुन्छ । विशेष गरी सौन्दर्यमा छालाको भूमिका महत्वपूर्ण हुने भएकाले यो मौसममा छालाको हेरचाह विशेष तरिकाले गर्नुपर्छ ।

    वर्षामा ओसले गर्दा छालामा विभिन्न समस्या देखा पर्छन्, ओसका कारण छालामा रोगका जीवाणु मौलाउँछन् । वर्षामा छाला चिलाउनुका साथै एलर्जी पनि हुन सक्छ । यो मौसममा हात, अनुहार तथा खुट्टाको सफाइमा विशेष ध्यान पुर्‍याउनुपर्छ ।

    वर्षाको मौसममा छालालाई अतिरिक्त स्याहार आवश्यक पर्छ । त्यसैले आफ्नो छाला सामान्य, तैलीय, सुख्खा वा मिश्रित कुन प्रकारको छ सोहीअनुसार हेरचाहको समय तालिका (रुटिन) बनाएर त्यसको पालन गर्नुपर्छ ।

    • डन्डिफोर एवं एक्नेको समस्या बढी नै देखिने हुँदा लिनमा दुई पटक फेसवासले अनुहार धुनुपर्छ ।
    • ओसिलो मौसमका कारण नाइलनको मोजा तथा कसिलो जुत्ता प्रयोग गर्दा खुट्टामा इन्फेक्सन हुन सक्छ ।
    • सरसफाइमा विशेष ध्यान पुर्‍याउनुपर्छ । छालालाई ओसिलो हुनबाट जोगाउनुपर्छ ।
    • चर्को घामबाट जोगिन सन स्क्रिन लगाउनुपर्छ । ३० एसपिएफको सनस्क्रिन लगाउनु उपयुक्त हुन्छ ।
    • डन्डिफोर, चायाँ, पोतो तथा एक्नेको समस्या हुनेहरूले मसालेदार खानेकुरा कम खानुपर्छ ।
    • यतिबेला पसिना गुम्सिने ठाउँ जस्तो काखी, औंलाको काप तथा अन्य भागमा दाद आदिको समस्या देखा पर्न सक्छ । त्यसैले सरसफाइमा विशेष ध्यान पुर्‍याउनुपर्छ ।
    • फंगल इन्फेक्सनले छाला धेरै चिलाए वा पोले छाला विज्ञको सल्लाह लिनु बेस हुन्छ ।
    • क्लिन्जिङ, टोनिङ तथा मोस्चराइजिङलाई आफ्नो रुटिनमा समावेश गर्नुपर्छ ।
    • साबुनरहित क्लिन्जर एवं स्क्रव प्रयोग गर्नुपर्छ । यसले छालाको मोस्चर लेवल कायम राख्छ ।
    • छालालाई सुक्खापनबाट जोगाउन अल्कोहल फ्री टोनर प्रयोग गर्नुपर्छ ।
    • वर्षा ऋतुमा छालालाई सनस्क्रिन प्रोटेक्सन आवश्यक पर्छ । त्यसैले दिनहुँ सनस्किन प्रयोग गर्नु उपयुक्त हुन्छ । हरेक दुई घन्टामा अनुहारमा पानी छम्कनुपर्छ । यसो गर्दा हरदम तरोताजा देखिन मद्दत मिल्छ ।
    • हप्तामा दुई पटक स्क्रब गर्नुपर्छ । यसले छालाको मृतकोष हटाउन सघाउँछ । यद्यपि यो ऋतुमा बारम्बार फेसियल तथा ब्लिचिङ गराउनु राम्रो मानिँदैन किनभने यसो गर्दा छाला सुक्खा हुन्छ ।
    • आकाशको पानीले अनुहार भिजेका खण्डमा टिस्यु पेपर वा नरम कपडाले पुछ्नुपर्छ । यसो गरे इन्फेक्सनको खतरा कम हुन्छ ।
    • वर्षा यामको खानपानमा भिटामिन ई तथा ओमेगा थ्रीयुक्त खानेकुरा समावेश गर्नुपर्छ । यसले छाला चमकदार बनाउन सहयोग गर्छ ।
    • वर्षा ऋतुमा पानी परिरहने भएकाले त्यसको असरबाट जोगिन वाटरप्रुफ मेकअप गर्नुपर्छ ।

    यि उपायहरुमध्ये तपाईले आफ्नो पहुँच अनुसारको मात्र उपाय अपनाउनु भयो भने पनि तपाईं छाला सम्बन्धी समस्याबाट छुटकारा पाउन सक्नुहुन्छ ।

    सम्बन्धित

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    सम्पर्कमा रहनुहोस्

    0FansLike
    1FollowersFollow
    0SubscribersSubscribe

    भर्खरै