जेठ २७, काठमाडौँ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्नि सापकोटालाई गरेको व्यवहारप्रति आपत्ति जनाएका छन् । उनले सामाजिक सञ्चाल ट्युटरमा आफ्नो असन्तुष्टि पोखेका हुन् ।
उनले भनेका छन्, ‘लोकतन्त्र ‘जनताद्वारा जनताकोनिम्ति जनताको शासन’ हो भने जननिर्वाचित व्यवस्थापिका राज्यका सबै अंगभन्दा माथि हुनुपर्ने हैन ? उसैद्वारा गठित कार्यपालिका प्रमुखले कसरी उसको विघटन गर्नसक्छ ? उसैबाट अनुमोदित न्यायपालिकाले कसरी उसको भाग्यको फैसला गर्नसक्छ ? प्रम र प्रन्या भन्दा स्पिकर कसरी तल ?’
उनले जननिर्वाचित शासन प्रणालीमा राज्यका सबै अंगभन्दा व्यवस्थापिका सबैभन्दा माथि रहनु पर्ने दाबी गरेका छन् । तर यसको ठिक बिपरित प्रधानमन्त्री र प्रधानन्यायाधीशबाट यसको मानमर्दन भएको पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईको दाबी छ ।