Saturday, May 18, 2024
थप

    सभामुखले बोलाए सर्वदलीय बैठकः बैठकमा के विषय कुरा हुँदैछ ?

    २६ जेठ, काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसद्मा प्रतिनिधित्व गर्ने सम्पूर्ण राजनीतिक दलका नेताहरुलाई बैठकमा बोलाएका छन् । सभामुखले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि बैठकमा उपस्थित हुनको लागि लिखित निमन्त्रणा पठाएका छन् ।
    सभामुख सापकोटाका सञ्चार सल्लाहकार श्रीधर न्यौपानेका अनुसार प्रधानमन्त्री ओली, पूर्वप्रधानमन्त्रीहरू, संघीय संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेताहरूलाई बैठकमा बोलाइएको छ ।
    बैठक शुक्रबार दिउँसो २ बजेका लागि तय गरिएको छ । बैठकमा समसामयिक विषयमा छलफल हुनेछ । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा आयोजन गरिएको हो ।
    प्रतिनिधिसभा दोस्रोपटक विघटन भएपछि सभामुखले पहिलोपटक सर्वदलीय बैठक बोलाएका हुन् । यसअघि उनले पूर्वसभामुख, कानुन व्यवसायी, राजनीतिक दलका नेतालगायतसँग परामर्श गरेका थिए ।

    सम्बन्धित

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    सम्पर्कमा रहनुहोस्

    0FansLike
    1FollowersFollow
    0SubscribersSubscribe

    भर्खरै