Saturday, May 18, 2024
थप

    अपत्यारिलो तर सत्य, पेटबाट ३५ केजी ट्युमर निकालियो

    जेठ २५, भक्तपुर । मान्छेको पेटमा २/३ किलो ट्युमर त सुन्नु भएको होला तर होइन भक्तपुर क्यान्सर अस्पतालमा ३२ वर्षीया एक महिलाको पेटबाट ३५ केजी ट्युमर सर्जरी गरेर निकालिएको छ ।
    काठमाडौंको स्वयम्भू निवासी ती महिलाको डा. सृष्टि श्रेष्ठ प्रजापति नेतृत्वको टोलीले आइतबार सफल शल्यक्रिया गरेको हो ।
    एक वर्षअघि देखि नै पेट फुल्ने समस्या भएर ती महिला अस्पताल पुगेकी थिइन् । त्यसबेला चिकित्सकले पेटमा सिस्ट भएको भनेका थिए । हाल पेट बढ्दै निकै ठूलो भएर असहज भएपछि उनी भक्तपुर क्यान्सर अस्पताल आइपुगेकी थिइन् ।
    आर्थिक अभावका कारण उनको उपचार हुन सकिरहेको थिएन । अहिले उनलाई भक्तपुर क्यान्सर अस्पतालले सेवा दिएको हो ।
    डा. प्रजापति नेतृत्वको शल्यक्रिया टोलीमा डा. उषा बाडे श्रेष्ठ, डा. अनिशा श्रेष्ठ, डा. रञ्जना मण्डल र डा. देवकी गुवाजुको संलग्नता रहेको अस्पतालले जनाएको छ । ती महिलाको स्वास्थ्य अवस्था हाल सामान्य छ ।

    सम्बन्धित

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    सम्पर्कमा रहनुहोस्

    0FansLike
    1FollowersFollow
    0SubscribersSubscribe

    भर्खरै