Saturday, December 9, 2023
थप

    पछिल्लो २४ घन्टामा ६,८२५ जनामा कोरोना संक्रमण, ७५ जनाको मृत्यु

    सञ्चार हाउस, काठमाडौँ । नेपाल अधिराज्यभर पछिल्लो २४ घण्टामा थप ६ हजार ८ सय २५ जनामा कोरोना भाइरस संक्रमित थपिएका छन् ।
    १८ हजार ५३१ जनाको पिसिआर परीक्षण विधिबाट परीक्षण गर्दा ५८२५ र ३ हजार २११ एन्टिजोन परीक्षण गर्दा एक हजार गरी ६,८२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
    योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ५ लाख ७६ हजार ९३६ पुगेको छ । जसमध्ये १ लाख १ हजार ८३९ जना सक्रिय संक्रमित छन् । कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ४ लाख ६७ हजार ४६७ पुगेको छ ।
    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ७५ जनाको मृत्यु भएको छ भने ५ हजार ९ सय ४ जना संक्रमणमुक्त भएका छन् । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ हजार ६३० पुगेको छ ।

    सम्बन्धित

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    सम्पर्कमा रहनुहोस्

    0FansLike
    1FollowersFollow
    0SubscribersSubscribe

    भर्खरै