Home समाचार मुख्य समाचार पुस ४ गतेदेखि विद्यालयबाटै बालबालिकालाई कोरोनाविरुद्धको ‘मोडर्ना’ खोप दिइने

पुस ४ गतेदेखि विद्यालयबाटै बालबालिकालाई कोरोनाविरुद्धको ‘मोडर्ना’ खोप दिइने

0
पुस ४ गतेदेखि विद्यालयबाटै बालबालिकालाई कोरोनाविरुद्धको ‘मोडर्ना’ खोप दिइने
{"caption":"u0924u0938u094du092cu093fu0930 : u0930u094bu092fu091fu0930u094du0938","photographer":"","alt_text":""}

मंसिर २३, काठमाडौँ । सरकारले पुस ४ गतेदेखि विद्यालयबाटै कोरोना विरुद्धको खोप ‘मोडर्ना’ विरुद्धको खोप लगाउने तयारी थालेको छ । स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख सागर दाहालले पुस ४ देखि १४ गतेसम्म ५७ जिल्लामा १२ देखि १७ उमेर समूहका बालबालिकालाई पहिलो चरणको खोप दिइने जानकारी गराए ।

त्यसैगरी दोस्रो चरणको खोप माघ २ देखि १२ भित्र सञ्चालन गरिने स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले जनाएको छ । महाशाखाका प्रमुख विवेक लालले भने, ‘जिल्ला शिक्षा कार्यालय र विद्यालयहरुसँग समन्वय गरेर कुन विद्यालयमा कति जना विद्यार्थीहरु छन् भनेर तथ्यांक संकलन गरिँदैछ । त्यहीअनुसार पायक पर्ने खोप केन्द्र राखिनेछ ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ लाख ९८ हजार ८०० र १ लाख ८८ हजार ४०० गरी १६ लाख ८७ हजार २०० मात्रा मोर्डना खोप आइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here