Home विविध पर्यटन हवाइ भाडाको मूल्य वृद्धि, कुन रुटको मूल्य कति ? (सूचीसहित)

हवाइ भाडाको मूल्य वृद्धि, कुन रुटको मूल्य कति ? (सूचीसहित)

0
हवाइ भाडाको मूल्य वृद्धि, कुन रुटको मूल्य कति ? (सूचीसहित)

कार्तिक २८, काठमाडौँ । सरकारले हवाइ भाडामा वृद्धि गरेको छ । हवाई इन्धनको मूल्यवृद्धि गरेसँगै वायुसेवा सञ्चालकले हवाई टिकटमा जोड्ने इन्धन वापतको मूल्य बढाएका छन् ।

हवाई इन्धनमा सरकारले आन्तरिकतर्फ प्रतिलिटर ५ रुपैयाँ मूल्य बढाएर १०१ रुपैयाँ पुर्‍याएको छ । अब सोही अनुसार यात्रुले हवाई यात्राका क्रममा अधिकतम २२० रुपैयाँसम्म मूल्य वृद्धि गरेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणबाट समेत परिमार्जित मूल्यलाई स्वीकृति प्रदान भएसँगै आइतबारबाट यो भाडादर कायम गरिएको छ ।

परिमार्जित फ्यूल ‘सरचार्ज’ अनुसार सबैभन्दा बढी काठमाडौं-धनगढी रुटमा २२० रुपैयाँ बढेको छ ।

काठमाडौंबाट हुने पर्वतीय उडानमा भने इन्धनमा लाग्ने शूल्क १७० रुपैयाँ बढेको छ ।

पोखरा-विराटनगर रुटमा उड्ने यात्रुले प्रतिटिकट १८० रुपैयाँ बढी तिर्नुपर्छ ।

काठमाडौंबाट जुम्ला उडानमा १७० रुपैयाँ भाडा बढी पर्नेछ ।

काठमाडौंबाट सुर्खेत १७५, काठमाडौंबाट नेपालगन्ज १६०, काठमाडौंबाट भद्रपुर १५० रुपैयाँ भाडा बढेको वायुसेवा संचालक संघले जनाएको छ ।

हेर्नुहोस, कुन रुटमा कति भाडा बढ्याे ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here