Home समाचार मुख्य समाचार नेचा सल्यान गाउँ पालिकाका नेपाली काग्रेसको सभापतिमा नीर कुमार शर्मा कट्टेल ‘जय नेपाल’ विजयी

नेचा सल्यान गाउँ पालिकाका नेपाली काग्रेसको सभापतिमा नीर कुमार शर्मा कट्टेल ‘जय नेपाल’ विजयी

0
नेचा सल्यान गाउँ पालिकाका नेपाली काग्रेसको  सभापतिमा नीर कुमार शर्मा कट्टेल ‘जय नेपाल’ विजयी

असोज–१३, काठमाडौँ सोलुखुम्बु जिल्ला सल्यान नेपाली काँग्रेसको सभापतिमा नीरकुमार शर्मा कट्टेल विजयी भएका छन् ।

हिँजो (२०७८ असोज १२ गते) भएको गाउँपालिका स्तरको निर्वाचनमा कट्टेल विजयी भएका हुन् । उक्त निर्वाचनमा ९२ मत खसेको थियो भने कट्टेलको पक्षमा ५७ मत खसेको थियो ।

नीर कुमार कट्टेल ‘जय नेपाल’ को २०४६/४७ सालमा सोलुखुम्बुकै हिमाल दर्शन मा. वि. को नेपाल विद्यार्थी सङ्गठनको सस्थापक सभापति भएर राजनैतिक जीवनमा प्रवेश गरेका हुन् । यसैगरी उनी, २०४७/४८ सालमा नेपाल विद्यार्थी संघ सोलुखुम्बु जि.का.स. का सहसचिव, नेपाल तरुण दल पूर्व सभापति, नेपाल लोकतान्त्रिक खेलकुद संघको अध्यक्षजस्ता विभिन्न जिम्मेवारीमा बसेर आफ्नो राजनैतिक जीवनलाई अगाडि बढाउने काम गरिरहेका छन् ।

नीर कुमार शर्मा कट्टेल ‘जय नेपाल’ एक कुशल राजनीतिज्ञ हुन् । उनले सोलुखुम्बुका जनताको लागि राम्रो काम गर्दै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here