Saturday, October 31, 2026
थप

    नेचा सल्यान गाउँ पालिकाका नेपाली काग्रेसको सभापतिमा नीर कुमार शर्मा कट्टेल ‘जय नेपाल’ विजयी

    असोज–१३, काठमाडौँ । सोलुखुम्बु जिल्ला सल्यान नेपाली काँग्रेसको सभापतिमा नीरकुमार शर्मा कट्टेल विजयी भएका छन् ।

    हिँजो (२०७८ असोज १२ गते) भएको गाउँपालिका स्तरको निर्वाचनमा कट्टेल विजयी भएका हुन् । उक्त निर्वाचनमा ९२ मत खसेको थियो भने कट्टेलको पक्षमा ५७ मत खसेको थियो ।

    नीर कुमार कट्टेल ‘जय नेपाल’ को २०४६/४७ सालमा सोलुखुम्बुकै हिमाल दर्शन मा. वि. को नेपाल विद्यार्थी सङ्गठनको सस्थापक सभापति भएर राजनैतिक जीवनमा प्रवेश गरेका हुन् । यसैगरी उनी, २०४७/४८ सालमा नेपाल विद्यार्थी संघ सोलुखुम्बु जि.का.स. का सहसचिव, नेपाल तरुण दल पूर्व सभापति, नेपाल लोकतान्त्रिक खेलकुद संघको अध्यक्षजस्ता विभिन्न जिम्मेवारीमा बसेर आफ्नो राजनैतिक जीवनलाई अगाडि बढाउने काम गरिरहेका छन् ।

    नीर कुमार शर्मा कट्टेल ‘जय नेपाल’ एक कुशल राजनीतिज्ञ हुन् । उनले सोलुखुम्बुका जनताको लागि राम्रो काम गर्दै आएका छन् ।

    सम्बन्धित

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    सम्पर्कमा रहनुहोस्

    0FansLike
    1FollowersFollow
    0SubscribersSubscribe

    भर्खरै