Home समाचार मुख्य समाचार पार्टीले माधव नेपालसहित १४ सांसदलाई गरिएको कारबाही फिर्ता लिनुहाेस्ः नेता विष्ट

पार्टीले माधव नेपालसहित १४ सांसदलाई गरिएको कारबाही फिर्ता लिनुहाेस्ः नेता विष्ट

0
पार्टीले माधव नेपालसहित १४ सांसदलाई गरिएको कारबाही फिर्ता लिनुहाेस्ः नेता विष्ट

भदौ १, काठमाडौँ । नेकपा एमालेका नेता गोकर्ण विष्टले माधवकुमार नेपालसहित १४ जना सांसदमाथि पार्टी अध्यक्ष केपी ओलीद्वारा गरिएको कारबाहीले पार्टी एकता पक्षधरहरुलाई निराशा बनाएको बताउँदै उक्त कारबाही फिर्ता लिन आग्रह गरेका छन् ।

नेता विष्टले माधव नेपालसहितका सांसदहरुमाथिको कारबाही फिर्ता लिएर एकताका लागि थप भूमिका खेल्न अध्यक्ष केपी शर्मा ओलीसँग आग्रह समेत गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुक स्टाटस राख्दै नेता विष्टले पार्टी विभाजनको औचित्य पुष्टि गर्न चाहनेहरुका लागि थप बल पुगेको भन्दै एकता पक्षधरहरुलाई निराशा बनाएको बताएका हुन् ।

नेतालार्इ गरिएकाे कारबाहीले नेताहरूमा निराशा बनाएकाेले हरेक संकटमा संयमीत र सुझबुझपूर्ण निर्णयले नै अपेक्षाकृत सफलता प्राप्त गर्न सम्भव हुने उनको भनाइ छ ।

नेता विष्टले लेखेका छन्, ‘हामीभित्र देखा परेको असामान्य परिस्थितिमा पार्टीलाई जोगाउन जिम्मेवार र असाधरण भूमिका जरुरी पर्दछ ।’ उनले फेसबुकमार्फत उनले भनेका छन्, ‘अहिलेको अवस्थामा क. नेपाल सहितका १४ जना सांसदहरूमाथीको कारबाही फिर्ता लिएर एकताको लागि थप भूमिका खेल्न अध्यक्ष कमरेड केपी ओलीसँग हार्दिक आग्रह गर्दछु ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here