Home समाचार मुख्य समाचार उपत्यकामा भोलिदेखि जोर बिजोर प्रणालीमा सार्वजनिक बस चल्न पाउने

उपत्यकामा भोलिदेखि जोर बिजोर प्रणालीमा सार्वजनिक बस चल्न पाउने

0
उपत्यकामा भोलिदेखि जोर बिजोर प्रणालीमा सार्वजनिक बस चल्न पाउने
People wearing face masks travel in a bus, maintaining social distancing after few restrictions were lifted during an extended lockdown to slow the spread of the coronavirus disease (COVID-19) in New Delhi, India, May 20, 2020. REUTERS/Anushree Fadnavis

सञ्चार हाउस, असार १४ काठमाडौं ।

काठमाडौं उपत्यकामा भोलिदेखि २५ सिटभन्दा बढी क्षमताका सार्वजनिक सवारी साधन जोर बिजोर प्रणालीका आधारमा चल्न पाउने भएका छन् ।

काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको सोमबार बिहान बसेको संयुक्त बैठकले यो निर्णय गरेको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले २५ सिटभन्दा बढीका सार्वजनिक सवारी साधन सोमबारदेखि जोरबिजोर प्रणालीको आधारमा चल्न दिने निर्णय भएको जानकारी दिए । तर ती सवारी साधनमा स्वास्थ्यका मापदण्ड पालना गर्नुपर्ने छ । अन्य साना सार्वजनिक सवारी साधनको हकमा भने नयाँ निर्णय गरिएको छैन ।

हाल उपत्यकामा निजी सवारीसाधन र ट्याक्सीहरुलाई जोर–बिजोरको आधारमा तथा व्यापार व्यवसाय बारको आधारमा सञ्चालन हुँदै आएका छन् ।

भोलीबाट खाद्यान्नका पसल भने साँझ ६ बजेसम्म खोल्न पाइने छ । यसअघि खाद्यान्नका पसल बिहान ११ बजेसम्म मात्रै खोल्न पाउने निर्णय गरिएको थियो ।

कोरोना भाइरस संक्रमणका कारण काठमाडौं उपत्यकामा गत वैशाख १६ गते देखि निषेधाज्ञा जारी छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा थप एक साता लम्बाउने निर्णय गरेको छ । उपत्यकामा पछिल्लो समय केही खुकुलो बनाएर जारी गरिएको निषेधाज्ञा सोमबार मध्यरातदेखि सकिंदै थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here