Home कला-साहित्य वैद्यनाथ ठाकुरका दस झरहरु

वैद्यनाथ ठाकुरका दस झरहरु

0
वैद्यनाथ ठाकुरका दस झरहरु

दस झरहरू

सेवाको नाममा थुप्रै

एनजीओ खुलेको छ

लक्षित वर्ग सुकुटे

कार्यकारिणी फुलेको छ

।। १४१ ।।

कागजमा योजना पुर्णतः

सफल देखिन्छ

वर्ष दिनको आम्दानी खर्च

बराबर लेखिन्छ

।। १४२ ।।

साहित्यको नाममा पनि

खोलिन्छ संस्था

रचना भन्दा पैसातिर मात्रै

देखियो आस्था

।। १४३ ।।

किताब छपाउन मागिन्छ

विभिन्न रचना

प्रायः कमाइ खाने भाँडो

बनाउँछ सृजना

।। १४४ ।।

जहाँ गएनि समाजमा ठगहरु

कै फेला परिन्छ

अगुवाहरु मोटाए पनि हजुर

पछाडिका मरिन्छ

।। १४५ ।।

समाजको सबै क्षेत्र विकृति

विसंगतिले भरेको छ

नेता साधु पत्रकार सबैको

आँखा पैसामै गरेको छ

।। १४६ ।।

धेरैको घाँटी रेटेर थोरैले भुडी

भरेका छन्

जति हाइ हाइ गरेपनि खाली

हात मरेका छन्

।। १४७ ।।

तै पनि चेतदैनन् कहिल्यै यी

हुन् महा मूर्ख ज्ञानी

छारो हाल्न दुनियाँका

आँखामा बनेछन् ध्यानी

।। १४८ ।।

मल छैन बीउ छैन

भोकभोकै छ किसान

चिसो चुल्हो मुस्किलले

धानेका छन् प्राण

।। १४९ ।।

असफलता सफलताको

साँचो हो

पाक्नु भन्दा पहिले फल

काँचो हो

।। १५० ।।

वैद्यनाथ ठाकुर, वीरगन्ज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here