Tuesday, June 16, 2026
थप

    नेपाली साहित्यमा नयाँ विधा “पञ्चाङ्ग”को जन्म

    नेपाली भाषा साहित्यका क्षेत्रमा कविता विधाको प्रविधाका रूपमा हालै २०७८ असार १ गते पञ्चाङ्गको जन्म भएको छ । नेपाली हावापानी र माटो सुहाउँदो बनाएर यसलाई पूर्ण स्वरुप दिनो काम श्री सोमनाथ लुइटेल रवी र उहाँलाई सहयोग गर्ने काम श्री सुशीला पौडेल, अर्घाखाँची हाल काठमाडौंले गर्नु भएको हो ।

    यस पञ्चाङ्ग प्रविधामा पाँच पङ्क्ति हुनेछन् तेस्रो पङ्क्ति स्वतन्त्र हुने छ अरू पङ्क्तिहरु अनुप्रासयुक्त हुनेछन् । पहिलो पङ्क्तिले विषय वस्तुको उठान, दोस्रो तेस्रो र चौथोले विस्तार र पाँचौँ पङ्क्तिले विषय वस्तुको सार वा निचोड दिने गरी अत्यन्त चोटिलो पोटिलो स्वरूपमा यसको सिर्जना गरिनेछ । हाल आएका अन्य विविध प्रविधा जस्तै यसको पनि ऐतिहासिक स्थापना र भविष्य उज्ज्वल हुने र यस प्रविधाले पनि नेपाली भाषा र संस्कृतिलाई उत्कृष्ट टेवा दिनेछ भन्ने कुरामा पूर्ण विश्वस्त छौँ । यसको यात्रामा हामी सबैको साथ र सहयोगको अपेक्षा गर्दछौँ ।

    पञ्चाङ्ग के हो ? कसरी लेख्न सकिन्छ ? पञ्चाङ्ग पञ्चपदीय (पाँच हरफमा) लेख्न सकिने एक नयाँ प्रविधा हो । पञ्चाङ्गमा पहिलो, दोस्रो, चौथो र पाँचौँमा अनुप्रास प्रयोग भएको हुन्छ भने, तेस्रो हरफ स्वतन्त्र हुन्छ । यसलाई बुँदागत भन्दा बुझ्न सजिलो हुनेछ ।

    १      पञ्चाङ्ग पाँच हरफमा लेखिने नेपाली एक प्रविधा हो ।

    २      यो विधा लेख्दा अनुप्रास र स्थायी अनिवार्य छ ।

    ३      अक्षर पाँच हरफमा बराबरी रहनेछन् ।

    ४      माया, प्रेम, दया, करुणा, कटाक्ष, प्यास, सबैमा लेख्न सकिन्छ ।

    ५      उठान गर्दा मायाबाट सुरु गरियो भने मायाको आभास नै अन्तिम सेरमा पनि झल्किनुपर्छ ।

    ६      बाह्रदेखि बीस अक्षरसम्म लेख्न सकिन्छ ।

    ७      छन्द स्वच्छन्द दुवैमा लेख्न सकिन्छ ।

    ८      यसमा आंशिक पूर्ण मिश्रित जुनसुकै अनुप्रासको प्रयोग गर्न सकिन्छ ।

    ९      पञ्चाङ्ग अन्त्य अनुप्रासमा पनि लेखिन्छ ।

    पञ्चाङ्गका केही उदाहणहरु

    धनी मान्छे संग रहर संगै छ

    बियोगी भएसी जहर संगै छ

    मर्नुन बाँच्नु गरयो गरिबीले

    बिपत्तिमा पनि ठहर संगै छ

    कहिले नजाने डहर संगै छ

    – सोमनाथ लुइटेल रवि, पाल्पाली पाल्पा हाल युगान्डा

    तिमी आँट म पुराउँछु जहिले।

    हात देऊ म समाउँछु जहिले।

    हाँसीखुसी बाँच्नका लागि नै मैले,

    दुश्मन जति हटाउँछु जहिले।

    पराई आफ्नै बनाउँछु जहिले।

    – सुशीला पौडेल

    तिम्रो मेरो सपना बाल्दिन भन्थ्यौ

    हाम्रो प्यारो जीवन फाल्दिन भन्थ्यौ

    के रहेछ र आखिरमा जिन्दगी

    मनमा द्वेष कत्ति पाल्दिन भन्थ्यौ

    वर्षे झरिमा पनि गल्दिन भन्थ्यौ

    – सविता केसी, बझाङ, हाल काठमाडौं

    तिमी बाहेक संसारमा छैन मेरो हरि यहाँ

    गर्छ सधैँ दुनियाले कस्तो मनपरी यहाँ

    गरिबीले गाँजेको छ जिन्दगानी मेरो

    कैले लाग्छ भूकम्प कैले वर्षे झरी यहाँ

    अभागीको पुर्पुरोमा सधैँ नानाथरी यहाँ

    – चन्द्रावती अधिकारी लमजुङ हाल कोहलपुर

    कहिले घाम कहिले पानी भयो

    दोषी भाग्य होकी जवानी भयो

    मलाई आफन्तले नै धोका दिए

    बुझ्नै नसकिने जिन्दगानी भयो

    यो आँखा आँसुको खानी भयो

    – नानीमाया सुनुवार”नामासु” उदयपुर

    रहे सबै कुराहरु अधुरा सोचि रहन्छु

    भएन सपना केही पूरा सोचि रहन्छु

    यो सहरमा छोराले मोज गर्दै हिँड्छ,

    गाउमा बाका पाखुरा सोचि रहन्छु

    छिमेकिले काट्छ कुरा सोचि रहन्छ।

    – महेन्द्र क्षेत्री स्पन्दन डोटि हाल : काठमाडौं

    ढुकुटी मात्र आफैले आफ्नो भरायाे यहाँ

    दिन्छु मैले अरुलाई भन्दै करायाे यहाँ

    दिउँसै बत्ती लिएर खाेज्दा पनि

    सूर्य नै पनि धमिलाे भई हरायाे यहाँ

    अरुकै हातमा मातृभूमि गरायाे यहाँ

    – रामराजा केसी, काठमाडौं

    सम्बन्धित

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    सम्पर्कमा रहनुहोस्

    0FansLike
    1FollowersFollow
    0SubscribersSubscribe

    भर्खरै