Sunday, October 13, 2024
थप

    मेलम्चीको पानी आउनेमा अन्योलताः अनुगमन टोली भिडियो खिचेर फर्कियो

    साउन १७, काठमाडौँ । उपत्यकामा पानी आपूर्ति गर्दै आएको मेलम्ची आयोजनाको भविष्य अन्योलता तर्फ धकेलिएकाे छ । शनिबार राति भ्रेमाथाङमा पहिलो गएपछि विज्ञ टोली आइतबार अनुगमनको लागि हेलिकप्टेरबाट गएको थियो । उक्त टोली भू–क्षेत्रमा ल्याण्ड गर्न नसक्ने अवस्था आएपछि हेलिकप्टेरबाट नै अनुगमन गरी फर्किएको छ । भ्रेमाथाङ क्षेत्र वरिपरिका क्षेत्रहरु उच्च जोखिमा रहेकाले स्थानान्तरण गरी बस्ती बसाउन सुझाव दिएको छ ।

    शनिबार गएको पहिरोले मेलम्ची खानीपानी लगायत भ्रेमाथाङ क्षेत्रमा थप क्षति पुगेको छ । मेलम्ची क्षेत्रमा अनुगमनका लागि गएका हाइड्रोलोजिस्ट राजेन्द्र शर्माले भ्रेमाथाङमा वर्षौं पहिला आएर बसेको थेग्रिनी बग्न थालेकाले आयोजना संकटमा परेको बताएका हुन्।

    यस्तै अवस्था आएमा मेलम्चीको विकल्प खोज्नुपर्ने अवस्था आउन सक्ने बताएका छन् । शर्माले भने, ‘थेग्रिनी बगिरहने हो भने मेलम्चीको भविष्य अध्ययन गर्नुपर्ने हुन्छ ।’ उनले थपे, ‘थिग्रेनी बगिरहने अवस्था रह्यो भने मेलम्ची त छँदैछ अर्को स्रोतबाट पानी ल्याउनतर्फ सोच्ने पर्ने देखिन्छ।’

    मेलम्ची आयोजना रहेको भूबनोटभन्दा माथि रहेको भ्रेमाथाङ क्षेत्र हिमनदीले बजाएर ल्याएको थेग्रिनीबाट बनेको हुनाले २०७२ सालको भूकम्पले कमजोर बनाएको र अहिले उक्त क्षेत्र आफै लड्ने गरेको र पानी थुनिएर एकैपटक खोलिँदा बाढीको रुप लिएको अनुगमन टोलीले निष्कर्ष निकालेको छ ।

    राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा विपद प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले उक्त क्षेत्रमा अहिले बिस्तारै पहिरो गइरहेको र उक्त पहिरोले खोला थुनिएका र थुनिएको पानी बग्ने क्रममा पहिलो गएको बताएका छन् ।

    पोखरेलले भने, ‘पानी नपर्दा त्यस्तो थेग्रिनी जमेर सिमेन्टेड जस्तो हुन्छ। अलिकति पानी परेपछि सक्रिय हुन्छ र बग्न थाल्छ,’ पोखरेल भन्छन्, ‘त्यहाँ क्याल्सिएड अर्थात् चुनको मात्रा धेरै भएकाले पानी पर्दा लेदो हुन्छ।’

    अनुगमन टोलीमा पुल्चोक इन्जिनियरिङ क्याम्पसका प्राध्यापक वसन्त अधिकारी, इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसका प्राध्यापक विष्णु पाण्डे, खानी तथा भूगर्भ विभागका शिवकुमार बाँस्कोटा र मेलम्ची नगरपालिकाका—४ का वडा सदस्य बाबु लामा लगायतको टोलीले हेलीकप्टेरबाट अध्ययन गरी भिडियो खिचेर फर्किएको छ । उक्त स्थानमा हेलिकप्टेर ल्यान्ड गर्न नसकेपछि विज्ञ टोली आकासबाट नै उक्त क्षेत्रको अनुगमन गरी फर्किएको छ ।

    सम्बन्धित

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    सम्पर्कमा रहनुहोस्

    0FansLike
    1FollowersFollow
    0SubscribersSubscribe

    भर्खरै