Home समाचार मुख्य समाचार जिल्ला अदालत काठमाडौंले हटायो फुटपाथमा राखिएका सवारी साधन

जिल्ला अदालत काठमाडौंले हटायो फुटपाथमा राखिएका सवारी साधन

0
जिल्ला अदालत काठमाडौंले हटायो फुटपाथमा राखिएका सवारी साधन

सञ्चार हाउस, काठमाडौँ । दुई वर्षदेखि काठमाडौं जिल्ला अदालतले फुटपाथमा अव्यवस्थित रुपमा गराउँदै आएको पार्किङमा राखेका सवारी साधन हटाएको छ ।

अदालत प्रशासनले सोमबार राति ती सवारी साधन हटाएको काठमाडौं महानगरपालिका ११ का वडाध्यक्ष हिरालाल तण्डुकारले जानकारी गराएका हुन ।

अदालतले फुटपाथमा सवारीसाधन राखेर नियम मिचेको बारेमा सञ्चार माध्यममा समाचार प्रकाशित भएका थिए ।

वडाध्यक्ष तण्डुकारले भने, ‘मैले अदालत प्रशासनलाई पहिल्यैदेखि नै हटाउन भन्दै आएको थिएँ । समाचार प्रकाशित भएपछि अदालतका एक जना न्यायाधीशले पनि मलाई फोन गर्नुभएको थियो । हिजो राति ती सवारी साधन हटाइएको छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here